बुटवलको कालिकाचोकमा बस दुर्घटनाः ८ जना घाइते

मेचीकाली संवाददाता

३१ भाद्र २०७८, बिहीबार
543 shares

बुटवल । बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवा जाँदै गरेको लु २ ख ७८९ नम्बरको बस कालिकानगरस्थित कालिका चोकमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

घाइतेहरुको चौराहा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ।