लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्धारा कलाकार कल्याणकारी कोष बनाउन देउसी भैलो कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२१ कार्तिक २०८२, बिहीबार
50 shares

बुटवल । लोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतिको संरक्षणसहित कलाकार कल्याणकारी कोषका लागि देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कलाकारको विभिन्न समस्या समाधान गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त देउसी भैलो कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय सचिव प्रचण्ड जिसी, केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, केन्द्रिय सदस्य सुशील गौतम, संस्थाका लुम्बिनी प्रदेश कमिटी वरिष्ठ उपाध्याक्ष दामोदर बस्याल, प्रदेश सचिव योगराज पोख्रेल, गुल्मी जिल्ला अध्यक्ष चर्चित गायका शिलु भट्टराई, संस्थाका आजिवन सदस्यलगायत प्रदेश कमिटी र रुपन्देही जिल्लाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको सचिव विधान कार्कीले बताए ।

कल्याण्कारी कोष स्थापना गर्ने पवित्र उद्देश्य राखेर सम्पन्न गरिएको देउसी भैलोमा सहयोग गर्ने मनकारी हातहरुलाई अध्यक्ष सापकोटाले संस्थाको तर्फबाट धन्यबाट दिए । भैलोबाट १ लाख नगद संकलन भएको र यस कोषमा आगामाी दिनमा १२ लाख रुपैयाँ पुराएर कलाकार कल्याणरी कोष र कलाकार सम्मान कोष बनाउने उनले बताए ।

कल्याणकारी कोषबाट कलाकारहरुको विभिन्न भवितव्य समस्याका लागि खर्च गरिने र सम्मान कोषबाट हरेक वर्ष स्रष्टाहरुलाई प्रोत्साहन गर्न सम्मान गरिनेछ । संघको नवौँ अधिवेशन तथा १७ औँ साधारणसभा यही कार्तिक २२ गते आयोजना हुँदै छ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।