नौलो बहुउद्देश्यीय सहकारीको १६ औं साधारणसभा

मेचीकाली संवाददाता

२३ कार्तिक २०८२, शनिबार
28 shares

बुटवल, कार्तिक २२ । बुटवल–७ दीपनगरस्थित नौंलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन जेष्ठ शेयर सदस्य ८५ वर्षिया राधिका देवी श्रेष्ठले उदघाटन गरेकी थिइन ।
प्रत्येक शेयर सदस्यले एकजना सदस्य जोड्दै जाने गरी यो वर्ष ८०० सदस्य बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष माधवप्रसाद श्रेष्ठले बताए । उनले सदस्य बढाउँदै उत्पादनशील क्षेत्रमा लगानीको योजना रहेको जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन पेश गर्दै अब नयाँ ढंगबाट संघसंस्थाहरू अघि बढाउन जरूरी रहेको समेत बताए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य मनिसरा बाह्रघरे, शेयर सदस्यका परिवारबाट उत्कृष्ट नतिजा ल्याउने छात्र÷छात्राहरू अंकित प्रधान, लक्ष्मी विकलाई नगदसहित सम्मान गरिएको सञ्चालक समिति सदस्य तथा शिक्षा समिति संयोजक विकास बस्नेतले जानकारी दिए । सहकारीले दुग्ध उत्पादन र परिकार उत्पादन गर्दै आएको विशिष्टिकृत सहकारीमा समेत संस्थाले लगानी गरेको छ ।
कार्यक्रममा जागरुक बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कृष्ण पोखरेलले सहकारीहरु अब सहकार्य गरी अघि बढ्नुपर्ने धारणा राखे । कूल ३ करोड ५७ लाख लगानी भएको संस्थामा ४ करोड ७५ लाख कूल पूँजी, ५८ लाख १० हजार शेयरपुजी रहेको संस्थाका कोषाध्यक्ष हिरा बहादुर केसीले बताए । बि.स.२०६६ सालमा स्थापना भएको संस्थामा ३२४ महिला र २६६ पुरुष गरी ५९० जना शेयर सदस्य रहेका छन । साधारणसभाले अध्यक्ष, लेखा समितिका संयोजक र कोषाध्यक्ष हिराबहादुर केसीको प्रतिवेदन पारित गरेको छ । उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सदस्य दीपक बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।