विद्यालयस्तरीय करातेको उपाधि दीपलाई

मेचीकाली संवाददाता

२२ मंसिर २०८२, आईतवार
59 shares

बुटवल । नेपाल सितेरीयो कराते डो संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा सञ्चालन भएकोे अन्तर बिद्यालय स्तरीय कराते प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि दीप बोर्डीङ्ग हाई स्कुलले जितेको छ । गतवर्ष पनि यो प्रतियोगिताको उपाधि दीपले जितेको थियो । दीपले ९ स्वर्ण ५ रजत र ४ कास्य गरी १८ पदक हात पार्न सफल भयो । उपबिजेता भएको न्यू होराईजनले ४ स्वर्ण, ६ रजत र ५ कास्य गरी १५ पदक जितेको छ । तेस्रो स्थानमा चित्त बुझाएको सेभेन स्टारले २ स्वर्ण ३ रजत र ३ कास्य पदक गरी ८ पदक हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाए ।

पुरुषमा उत्कृष्ट खेलाडीमा दीप बोर्डीङका गोबीन्द खरेल तथा महिलातर्फ सेभेन स्टारका ममता बिके उत्कृष्ट खेलाडी घोषीत भए । २०० जना खेलाडीहरुसहित रुपन्देहीका २८ बिद्यालयबाट खेलाडीहरु प्रतीस्पर्धा गरेका थिए । मिनी क्याडेट र क्याडेटमा १८ देखी ५० केजी तौल समुहमा प्रतीष्पर्धा गराईएको थियो ।
पतियोगितााको समापन कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलमा हुने सबै खेलहरुलाई पालिकाले प्रोत्साहन र सहयोग गर्दै आएको बताए । यहाँ हुने बिभीन्न बिधाका खेलहरुको बिकासका लागि नगरले बजेट नै बिनियोजन गरेर बुटवललाई खेलकुदको हब बनाउने अभियान रहेको उनले बताए ।

कार्यक्रममा सितेरीयो करातेका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष सिह, रेफ्री संघका केन्द्रीय सचिब कृष्ण देबकोटा, बुटवल उपमहानगरका खेल संयोजक बोनीन पिया, प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, बुटवल उपमहानगरपालिका १३ का वडा सदस्य झबीन्द्र थापा, भूपू खेलाडी तथा पत्रकार मिलन गाहासहित बिभिन्न क्षेत्रका खेल प्रेमिहरुको उपस्थीति रहेको थियो ।

सितेरीयो कराते संघ रुपन्देही जिल्लाले चौथो लुम्बिनी कप अन्तर बिद्यालय स्तरिय प्रतियोगिता आयोजना गरेर कराते खेल प्रति बिद्यालय स्तरबाट नै बिकास गर्ने र खेलका माध्यमबाट देशलाई चिनाउने खेलाडी उत्पादन गर्न प्रयास गरिएको अध्यक्ष नारायाण बहादुर थापाले बताए । प्रतियोगिता मंसिर १९ र २० गते दुई दिन सञ्चालन भएको हो ।