बुटवल,मंसिर २३ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बुटवल ११ मा अवस्थित जि २५ क्लबले लागु पदार्थ तथा दुब्र्यशनबिरुद्ध सचेतनामूलक मोटिभेशनल कार्यक्रम गर्ने भएको छ । क्लबले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म बुटवल उपमहानगरभित्रका विभिन्न सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
क्लबले मंसिर २४ गते बुटवल ११ स्थित प्रगति माध्यमिक विद्यालय, २५ गते बुटवल १७ को नमुना गौतम जनशक्ति आधारभूत विद्यालय, २६ गते नबिन औद्योगिक कदर बहादुर रिता माध्यमिक र मैनाबगरमा रहेको सूर्योदय आधारभूत विद्यालयमा कार्यक्रम गर्ने क्लबका अध्यक्ष जयदिप न्यौपाने (जगदिश)ले बताउनुभयो । क्लबका अध्यक्ष जयदिप न्यौपानले क्लबले स्थापनाकालदेखि नै सामाजिक कार्यक्रम गर्दै आइरेको बताउँदै अहिले गर्न लागेको लागुऔषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो । पछिल्लो समयमा विद्यालयका तहका विद्यार्थीहरु लागु औषधमा फस्ने गरेकोले विद्यार्थीहरुलाई सचेत गराउनका लागि विद्यालयमा नै गएर कार्यक्रम गर्न लागेको उहाको भनाइ छ ।
बुटवल ११ र तिनाउ नदी आसपासको अव्यवस्थित बसोबासीका कारणले पनि त्यहाँ बस्ने बालबालिकाहरु विभिन्न गलत गतिविधि संलग्न हुने क्रममा बढेकाले बुटवल ११ र अव्यवस्थित बसोबासी भएका क्षेत्रलाई लक्षित गरि कार्यक्रम गरेको उहाले बताउनुभयो । अध्यक्ष न्यौपानेले सामाजिक संजालले पनि बालबालिकालाई विभिन्न अपराधिक गतिविधि गर्न प्रेरित गरेकाले अभिभावकले विशेष ख्याल गर्न लागेको बताउनुभयो ।सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ र सुमित कार्कीले मोटिभेशनल कार्यक्रम माफर्त विद्यार्थीहरुलाई सचेत गराउने क्लबका सचिव रेशमबहादुर महराले बताउनुभयो ।
यो कार्यक्रमबाट बिद्यालयहरुका करिब १ हजार बिद्यार्थीसहित अभिभावक लाभान्भित हुने क्लवले जनाएको छ ।कार्यक्रमलाइ ग्लोबेन्सी एजुकेशनले बिशेष सहयोगी भूमिका खेलेको संस्थापक अध्यक्ष रमेशकुमार जोशीले बताउनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष निर्मल नेपाल,पूर्व अध्यक्ष देवलाल अर्गाली,मार्ग दर्शक बिमल नेपाल,संरक्षक प्रेम प्रसाद पाण्डे लगायतले बोल्दै क्लवले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको बताउनुभयो । क्लवले बुटवलक्षेत्रमा समाजका विपन्न वर्गका बालबालिकालाई सहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका दर्जनौँ सामाजिक काम गर्दै आइरहेको छ ।
