बुटवल । बुटवल–११ देवीनगरस्थित तिनाउ इङलिस् बोर्डिङ स्कूलमा भएको जिल्ला स्तरीय तिनाउ गायन तारा प्रतियोगिताको उपाधि न्यू होराइजन उमाबिका शाकार शाहीले जितेका छन् । प्रतियोगितामा अक्सफोर्ड उमाबिका शिक्षान्त न्यौपाने दोस्रो तथा शैनिक आवाहिय महाबिद्यालयका रिवाज थारु तेस्रो र बुटवल एक्स आर्मीको हिमा थापा सान्त्वना भएकी छन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार पुरस्कार मेडल र प्रमाणपत्र पाएका छन् ।उनीहरुलाइ बिद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे,अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली ,बिद्यालय संयोजक नारायण पोख्रेल,खेल संयोजक नविनरत्न शाक्य लगायतले पुरस्कार बितरण गर्नुभयो ।
प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अबसरमा प्याब्सन केन्द्रिय सदस्य खेमेन्द्र राना, , अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका निर्बचमान अध्यक्ष दिनेश भुसाल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य लगायतले बोलेका थिए । गायनमा क्षमता भएका विद्यार्थीको प्रतिभा प्रस्फूटन गर्ने उद्देश्य सहित आयोजित अन्तर विद्यालय पहिलो तिनाउ गायन तारा प्रतियोगिता भएको हो ।प्रतियोगितामा जिल्लाका ३३ बिद्यालयका बिद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका सहप्राचार्य सुर्यप्रसाद पाण्डेले प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३३ विद्यालयका विद्यार्थी सहभागि बताए ।
प्रतियोगितामा कक्षा १० सम्मका मात्र विद्यार्थी प्रतिष्पर्धामा भाग लिएको कार्यक्रम संयोजक नवीनरत्न शाक्यले बताउनुभयो ।कार्यक्रमको संचालन शिक्षक अग्निधर पोखरेलले गर्नुभएको थियो । २०५६ मा स्थापना भएको विद्यालयमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कार्उक्रममा निर्णयाकमा गायक बसन्त श्रेष्ठ, इसिए इन्चार्ज नविनरत्न शाक्य तथा किशोर बिक रहनुभएको थियो ।
