अत्याधुनिक सुविधा सहित गुडिया मेकओभर स्टुडियो सञ्चालनमा

मेचीकाली संवाददाता

३० मंसिर २०८२, सोमबार
100 shares

बुटवल, मंसिर २९ । सबैखाले मेकअपका सेवा प्रदान गर्ने गरी बुटवल नेपालगञ्ज रोडको विकास पथमा गुडिया मेकओभर स्टुडियो सञ्चालनमा आएको छ । युवा तथा अनुभवी व्यूटिसियन गुडिया कुँवरले गुडिया मेकअप स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । मेकओभर स्टुडियोको सोमबार राष्ट्रिय कलाकार खुमन अधिकारी र अन्तर्राष्ट्रिय मेकअप आटिस्ट सोनिस्ता लामाले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै कलाकार अधिकारीले पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममा जादा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको बताउदै त्यसको स्थान गुडिया स्टुडियाले लिने विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै गुडियाले कलाकार मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी र सर्वसाधारणले स्टुडियोमा आएर सिधै पार्टी र सुटिङमा जान सक्ने बताइन् । सञ्चालक अनन्त कुँवरले ५० लाख लगानीमा स्टुडियो सञ्चालनमा ल्याएको बताए । उनले अत्याधुनिक सुविधा सहित सेन्टरले सबैलाई सेवा प्रदान गर्ने बताए ।
इन्टरनेशनल आटिस्ट सोनिस्ता लामाले गुडिया आफ्नो विद्यार्थी रहेको बताउदै सबै काममा निखरता स्टुडियोले दिने बताइन । विनेशममा हुनुपर्ने सबै गुण गुडियामा रहेको भन्दै लामाले बुटवलको व्युटिसियनमा यसले इटटा थप्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा मेकअप आष्टिस्टहरु सीता ध्वजू, रेनु श्रेष्ठ, खुसी टेडिङका विष्णु घिमिरे कैलाश टन्डन लगायतले बोल्दै मेकअप विजनेशको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।