

बुटवल । लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने भएको छ। सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिशअनुसार संविधान दिवसको अवसरमा १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरेको हो।
प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश प्रमुख सेवा पदक ग ४ जनालाई दिइने भएको छ। यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क १ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख २ जनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग २ जनालाई दिइनेछ।
प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ। यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ग २ जनालाई, समाजसेवा श्री पदक क १ जनालाई, ख ८ जनालाई, ग २ जनालाई, प्रदेश रत्न पदक ख १ जनालाई, ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने भएको छ।
यस्तै प्रजापति गौतमी पदक ख १ जनालाई, ग २ जनालाई, दंगीशरण बलिहाङ पदक ख १ जनालाई र ग १ जनालाई दिइने राजपत्रमा उल्लेख छ। यी पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)