विविध कार्यक्रम गरी तमु ल्होसार मनाइदै

मेचीकाली संवाददाता

५ पुष २०८२, शनिबार
34 shares

बुटवल, पुस ५ । रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम सहित यस वर्षको तमु ल्होसार मनाउने तयारी गरेको छ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले सनिवार पत्रकार सम्मेलन गरि हरेक वर्षजस्तै यसवर्ष पनि पुस १५ मा मनाउने तमु ल्होसार बारे जानकारी गरएको हो । परिषद्का रुपन्देही अध्यक्ष रामबहादुर गुरुङले ल्होसारको अवसरमा सनिवारदेखि पुस १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार पुस ११ गते जिल्लाका सबै नगर तथा ईकाइहरुमा सरसफाई कार्यक्रम आयोजना हुंदै छ भने १३ गते सांझ जिल्लाभर दिपावली, १२, १३ र १५ गते महिला कबड्डी प्रतियोगिता, १४ गते खुल्ला झाम्रे प्रतियोगिता, क्यालेन्डर प्रकाशन तथा १५ गते ल्होसारको मुल समारोह आयोजना गरिएको जानकारी दिनुभयो । तमु ल्होसार तमु जातीको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान, पुस्तान्तरण सहितको समुन्नत सांस्कृतिक सभ्यताको विकास हाम्रो अभियान भन्ने मुल नारासहित आयोजना गर्न गईरहेको यसवर्षको ल्होसारले सबै जातजाती तथा समुदायमा एकता र भाइचारा स्थापित गर्न सघाउ पु¥याउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
रुपन्देहीमा रहेका विभिन्न ३५ वटा इकाइमा विभिन्न कार्यक्रम गरिनुको साथै पुस १४ गते सबै इकाइ तथा नगरको सहभागितामा सांस्कृतिक झांकि सहितको वृहत शान्ति ¥याली निकालिने र उक्त ¥यालीमा उत्कृष्ट हुने झांकीलाई १० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । खुल्ला झाम्रे प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार तथा सान्त्वना स्थान प्रँप्त गर्नेलाई ३ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै मादल बजाउने, नृत्य र गायनमा समेत उत्कृष्ट हुने एकएक जनालाई जनही १ हजार रुपैयां पुरस्कार प्रदान गरिने छ । परिषद्का सचिव शेरजंग तमुको संचालनमा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै परिषद्का केन्द्रीय सल्लाहकार भिम गुरुङले बिगतका बर्षहरुमा गुरुङ समुदायका बिचमा मात्र आयोजना हुंदै आएको ल्होसारलाई सबै समुदाय तथा जातजातीको सामुहिक पर्वको रुपमा स्थापित गर्न यसवर्ष अन्य जातजाती तथा समुदायका व्यक्तिहरुलाई पनि अतिथीको रुपमा आमन्त्रित गरिएको बताउनुभयो । सल्लाहकार गुरुङका अनुसार यसवर्ष सप्री ल्हो लाई विदाई तथा त ल्होको स्वागत गर्दै ल्होसार पर्व मनाईने छ । हरेक वर्ष पुस १५ मा मनाउने ल्होसार गुरुङ समुदायको नयां वर्ष हो । ल्होले वर्ग अथवा वर्ष र सारले नयां भन्ने बुझाउंछ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयां वर्ष र जातीय पर्वका रुपमा मनाउंछन् ।