आधारभुत मानविय सिद्धान्त र सुरक्षित सम्प्रेषणमा आधारित तालिम

मेचीकाली संवाददाता

३ आश्विन २०७८, आईतवार
565 shares

पार्वती आचार्य
कपिलवस्तु । अग्रपंतिमा रहेर काम गर्ने सेवा प्रदायकहरुका लागि आधारभुत मानविय सिद्धान्त र सुरक्षित सम्प्रेषणमा आधारित एकदिने तालिम सम्पन्न भएको छ । ‘विपद् तथा बाढीको अवस्थामा हुन सक्ने लैंगिक हिंसाका घटनाप्रति सचेतना अभिवृद्धि गरौं’ भन्ने मूल नाराका साथ ओरेक र युएनएफपीएको सहयोग तथा आयोजनामा कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको हो ।

प्रभावित केन्द्रित सेवाहरु कसरी प्रदान गर्न सकिन्छ, सेवा प्रदान गर्दाखेरी पालना गर्नुपर्ने आधारभूत मानवीय सिद्धान्तहरु केके हुन् र प्रभावितहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको छ । ओरेक नेपालले ३० बर्षदेखि महिला हिंसा न्यूनीकरण र महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको आयोजक संस्थाले जानकारी दिएको छ ।

समन्वय समितिका उपप्रमुख, मायादेवी गाउँपालिकाका उपप्रमु, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत, महाराजगंज नगरपालिकाका महिला शाखा प्रमुख, ओसिएमसीका काउन्सीलरहरु, घटना व्यवस्थापनका पदाधिकारीहरु, महिला सेल, ओडब्लु एचआरभीका पूर्वअध्यक्ष, रेडक्रस सोसाइटीका प्रतिनिधी, साथी संस्थाका प्रमुख, नेपाल बार एशोसिएसनका प्रतिनिधी, किशोरी अधिकार मञ्चका किशोरीहरु र युएनएफपीएलगायतका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विपद् तथा बाढीको अवस्थामा हुन सक्ने लैंगिक हिंसाका घटनाहरु, मनसुन पूर्वतयारी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिकका लागि प्रमुख कार्यहरुलगायतको विषयमा सहजीकरण गरेका थिए । यस्तै ओरेक नेपालकी संजिता तिमिल्सीनाले मानवीय सिद्धान्तहरु, समन्वयको महत्व, क्लष्टरको जिम्मेवारी, नेपालमा लैंगिकताको आधारमा हिंसाको प्रवृत्ति, संकटकालिन अवस्थामा जिवीभीको समन्व्य र नेपालमा विगतका विपद्मा लैंगिकतामा आधारित हिंसालगायतको विषयमा सहजी करण गरेकी थिइन् ।

सहभागिहरुले यस्तो खाल्को तालिममा स्थानियतहका न्यायीक समितीका पदाधिकारीहरुलाई समेत सहभागी गराउनुपर्ने बताएका थिए । ओरेक नेपालकी सहायक जिल्ला अधिकृत संगिता चौरासियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।