कपिलवस्तुमा मनाइयो संबिधान दिवस

मेचीकाली संवाददाता

४ आश्विन २०७८, सोमबार
489 shares

पार्बती आचार्य
कपिलवस्तु । संबिधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले एक कार्यक्रमको आयोजना गरी संबिधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संविधान देशको मुल कानून हो यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलकोे संविधान जन प्रतिनिधिले बनाएको नेपालको हाल सम्मको उत्कृट संविधान भएको बताउँदै राजनितिक दलको सहमति भएमा प्रतावनाको प्रतिकुल नहुने गरि समय सापेक्ष सुधार गर्न सकिने बताए ।

यस्तै बरिष्ठ महिला अधिकारकर्मी पुष्पा रेग्मीले सामाजिक, आर्थिक, शारिरीक, मानसिक र बिरगती प्राप्त सहितको संविधानमा राजनितीक करण नगरियोस भन्दै संविधानले प्रदत्त गरेको मौलिक हकको व्यवस्थालाई राजनितीककरण नगरीकन सुनिश्चीत गरियोस् भन्ने शुभकामना दिएकी थिईन् ।

यसैगरी नव कपिलवस्तु साहित्यीक समाजका अध्यक्ष पशुपत्तीमणी त्रिपाठी र मधेश मानव अधिकार गृह माहुरी होमका अध्यक्ष रबिन्द्रनाथ ठाकुरले जनताले जनताको लागि जनताद्वारा बनाएको संबिधान हो । संविधान यस भन्दा पहिला पनि बने तर संविधान बिद्हरुबाट बनौटे संविधान थियो । अहिलेको संविधान भनेको ६ सय १ जना संविधान सदस्यबाट बनाईएको संविधान हो ।

यस संविधानलाई सबै राजनितीक दलले आफुखुशी परिभाषित गरेका छन् र आफुखुशी उपयोग गर्न खोजेको छ । आफुखुशी गरिएको उपयोगले संबिधान माथि नै शंका उत्पन्न गरेको छ । यस परिस्थितीमा हाम्रो दायित्व भएको हुँदा संबिधानलाई जोगाउने र यसमा भएका कमी कमजोडीहरु लाई समय अनुकुल परिबर्तन गर्दै जानुपर्ने बताए ।

कार्यक्रम जिल्ला समन्वय समीतीका नारायण प्रसाद खनालको अध्यक्षता, कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता साव, प्रमुख जिल्ला अधिकारीको बिशिस्ट आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सप्र उपरीक्षक नेपाली सेना तथा विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधि तथा पत्रकार महासंघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलको समन्वयमा सम्पन्न भएको थियो ।