प्याब्सन बुटवलमा कूलानन्द पाण्डे

मेचीकाली संवाददाता

४ आश्विन २०७८, सोमबार
429 shares

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बुटवलको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कुलानन्द पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

जसको उपाध्यक्ष मित्रहरि आचार्य, सचिवमा रामकृष्ण खनाल र कोषाध्यक्षमा बाबुराम पौडेल चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा भुवन अधिकारी, शिवहरि भट्टराई र टंकप्रसाद रेग्मी चयन भएका छन् ।

निर्वाचन समितिमा प्याब्सन नेपालको केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सन केन्द्रीय सदस्य टीकाराम न्यौपाने, प्याब्सन प्रदेश सचिव लालहरि पाण्डे, प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष यज्ञमूर्ति पाण्डे र प्याब्सन रुपन्देहीका सहसचिव कपिलमणि ढकाल रहेको कार्यक्रम संयोजक लोकराज शर्माले जानकारी दिए ।