आवर पीसल्याण्डमा खेल महोत्सव जारी

मेचीकाली संवाददाता

२७ पुष २०८२, आईतवार
334 shares

बुटवल, पुस २७ । बुटवल–७ शिवनगर स्थित आवर पीसल्याण्ड एकेडेमीले “स्वस्थ्य शरीरमा नै स्वस्थ्य मतिष्कको विकास हुन्छ“ भन्ने मूल नाराका साथ आयोजना गरेको खेल महोत्सवको दोश्रो दिन दिन प्रि प्राइमरी तर्फ बल कलेक्सन, कप टावर, हिट द अब्जेक्ट, म्युजिकल चियर्स, ब्लालेन्सिङ्ग रेस जस्ता प्रतियोगिता सम्पन्न भए भने कक्षा १ र २ अन्तर्गत सट रेस, आन्सर एण्ड जम्प, म्युजिकल रेस, हिट द टार्गेट लगायतका खेल प्रतियोगिता सम्पन्न भए। कक्षा ३ देखि ६ सम्म म्युजिकल चियर्स, १०० मिटर रेस, रिले रेस, स्कोर द बल, लक्की सर्कल र ब्यालुन जम्प प्रतियोगिता तथा कक्षा ७ देखि ९ सम्म अन्तर सदनात्मक भलिवल फाइनल, क्रिकेट फाइनल, ब्याडमिन्टन फाइनल, लक्की सर्कल प्रतियोगिता तथा एथलेटिक्स तर्फ सटपुट तथा रिले रेसहरु साथै शिक्षक र कक्षा १० बीच भलिवल प्रतियोगिता सम्पन्न भएका खेल महोत्सव संयोजक सुदिप क्षेत्रीले बताए। खेल महोत्सवका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई विद्यालयमा विशेष समारोहको आयोजना गरी पुरस्कृत गरिने विद्यालयका प्राचार्य गंगा भण्डारीले बताइन् ।