बाढी प्रभाबित परिवारलाई खाद्यान्न सामग्री वितरण

मेचीकाली संवाददाता

५ आश्विन २०७८, मंगलवार
610 shares

पार्बती आचार्य
कपिलवस्तु । गत भदौ १० गते साँझदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले प्रभावित भएका १ सय २६ घरधुरीका पिडीत परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । आईजीएफएफ, डब्लुएफडीएम र डब्लुएचडीआरआरपीको सहयोग तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको साझेदारी र बाणगंगा नगरपालिकाको समन्वयमा खाद्याान्न सामग्री राहत बितरण गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नं ११ बरोवा स्थीत एक कार्यक्रमको आयोजना गरी बाढी प्रभावितहरु जेष्ठ नागरिक, अत्ति बिपन्न र सुत्केरी महिलाहरुलाईलाई राहत बितरण गरिएको हो । राहतमा प्रति ब्यक्ती ४१ किलो चामल, २ किलो दाल, २ लिटर तेल र २ किलो नुन साथै प्रति ब्यक्तीलाई २ पिसका दरले साबुन सहयोग गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रकी उपाध्यक्ष सुर्य कुमारी शाहीले बताईन् । राहत वडा नं. ३ का ३० जना, वडा नं. ४ का १८ जना, वडा नं. १० का २५ जना र वडा नं. ११ का ५३ परिवारलाई राहत सहयोग गरिएको हो ।

यस्तै राहत बितरण कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रेदेश सांसद बिष्णु पन्थीले बाढी प्रभावित परिवारहरुलाई सहयोग गर्ने आईजीएफएफ, डब्लुएचडीआरआरपी र डब्लुएफडीएम संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यबाद दिए । हामीहरुका लागि यो सहयोग सामान्य भए पनि समस्यामा परेका परिवारहरुलाई यो सहयोग ठुलो भएको सांसद पन्थीले बताए ।

नजिकिर्दै आएको चाडपर्बहरुमा समेत यो सहयोगले समस्यामा परेका पीडीत परिवारहरुलाई राहत मिल्ने छ भन्दै दैबि प्रकोपलाई कसैले पनि रोक्न नसकिने भएको हुँदा राहात लिन आएका बाढी प्रभावितहरुलाई सान्त्वना दिंदै आफुले राहात सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी वडा नं. ३ का वडा अध्यक्ष सन्तराम थारु, वडा नं. ११ की वडा सदस्य ईमकला केसी र वडा नं. १० का वडा सदस्य राम नक्षेत्र चैधरीले एक्कासी भएको अबिरल बर्षाका कारण आएको बाढीले धेरै क्षेती पु¥याएको बताए । बाढी प्रभावितहरुलाई सहयोग गर्ने संस्था र साझेदारी गर्ने सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यवाद दिंदै यस्ता प्रभावितहरुलाई अन्य संघ संस्थाहरुबाट पनि सहयोगको आबश्यकता भएको ले बताए ।

राहत बुझ्दै वडा नं. ११ की उर्मिला थारु, वडा नं. १० की सुभावती चौधरी र सिकारी थारु लगाएतले बिहान र साँझ के खाउँ भन्ने परिस्थीती भएको बेलामा संस्थाले यती धेरै सहयोग गरेको भन्दै धन्यबाद दिए । एक्कासी आएको बाढीले घरमा भएको सबै खाद्यान्नहरु नष्ट पारेपछि बिहान साँझको समस्या टार्न गाह्रो भएको बेलामा यसरी राहात उपलब्ध गराई सहयोग गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए ।

राहात बुझ्दै भोको पेटलाई भरिदिएकोमा आयोजक र सहयोगी संस्थाले निभेका चुलाहरुलाई बल्ने बनाई दिएको भन्दै संस्थाले यस्ता कामको निरन्तरता दिईरहुन भन्दै धन्यबाद दिनुका साथै संस्थाको प्रगतीको कामना होस भन्दै संस्थालाई आशिरर्बाद समेत दिएका थिए ।

राहत बितरण कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत आरटी खानको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका बोर्ड सदस्य ईन्दीरा भट्टराई, संस्थाका कार्य समिती सदस्य हरि अधिकारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामाजिक परिचालकहरु टोल बिकास संस्थका पदाधिकारीहरुले राहत वितरण व्यवस्थापनमा सहयोग पुराएका थिए । सो कार्यक्रममा ५० जना सुनौला हजार दिनका महिलाहरुलाई १÷१ वटा मेक्सी र १÷१ वटा पेटीकोट युएनओमनको सहयोगमा सहयोग गरिएको थियो ।