बरामद सामान सुठौली भन्सार पठाईयो

मेचीकाली संवाददाता

५ आश्विन २०७८, मंगलवार
486 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतबाट खटिएको प्रहरी चेकिङ टोलीले बरामद गरेको सामान सुठौली भन्सार पठाएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ कुदान स्थित तौलिहवा मर्यादुर सडकको छेउ किनारमा दैनिक उपभोगिय घरायसी सामानहरु बरामद गरी प्रहरी कार्यालयमा दाखिला गरेको थियो ।

उक्त सामानको अन्दाजी मुल्य रु १ लाख ३२ हजार ९ सय ५० रुपैया कायम गरी आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।