जनमुक्ति पार्टीद्वारा चुनावी घोषणापत्र सार्वजनिक

मेचीकाली संवाददाता

१७ माघ २०८२, शुक्रबार
13 shares

बुटवल। ‘सबैको साथ, सबैको विकास’ भन्ने मूल मान्यतासहित राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको गरे । ‘शान्त, समृद्ध स्वाबलम्बी आधुनिक नेपाल निर्माण गर्न हाम्रो आह्वान, विभेद, बेरोजगारी र भ्रष्टचारको अन्त्यका लागि हात मिलाएको चिन्हमा मतदान’ भन्ने नारासहित १० बुँदे नागरिक संवोधनपत्र सार्वजनिक गरेको हो । शुक्रबार रुपन्देहीको मंगलापुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले घोषणा सार्वजनिक गरेको हो । पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था आवश्यक रहेको पार्टीले नीति अंगालेको छ ।

‘नेपाल एक बहुलबादी समाज भएको राष्ट्र हो, यसले केन्द्रीय तहमा कुनै पनि एक व्यक्ति राष्ट्रपति रहने व्यवस्था भन्दा क्लस्टरमा आधारित राष्ट्रपति उपयुक्त हुनेछ’ पार्टीका महासचिव टोप अस्लामीले भने, ‘जसलाई संसदले चुन्नेछ । कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने, मन्त्री मण्डल संसद र गैर संसदबाट बनाउन सकिने व्यवस्था उचित हुन्छ । यसैगरी प्रदेश तहमा पनि मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन उचित हुनेछ । हामी त्यसका लागि सहमत र प्रतिबद्ध छौं ।’

त्यस्तै अहिलेको संविधानमा त्रुटिपूर्ण रहेको राष्ट्रिय आकांक्षालाइ सम्बोधन गर्न नसक्ने भएकोले संवोधन गर्दै शक्तिशाली राज्य पुर्नसंरचना आयोग गठन गरी त्यसको सुझाव अनुसार संघीय मोडनमा जानुपर्ने पार्टीले स्पष्ट धारणा लिएको छ । त्यस्तै भ्रष्टचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्दै ५ वर्ष भित्र देशलाई भ्रष्टचारमुक्त बनाउने, नेपालकै कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्दे देशलाई औद्योगीकरण गर्ने, वैदेशिक ऋण लिने नीतिलाई निरुत्साहित गर्ने र रोजगारको लागि स्वदेश र विदेशको विकल्पलाई समान रुपमा लिने घोषणापत्रमा उल्लेख छ ।

पार्टीका अध्यक्ष केशव सुर्यवंशीले राज्यको पुर्नसरचना गरी विभेदको अन्त्य गर्न आवश्यक रहेको बताए । पार्टीले अहिले देशभर प्रत्यक्षतर्फ १७ जना उम्मेदवार चुनावी मैदानमा रहेको अध्यक्ष सुर्यवंशीले जानकारी दिए । जसमध्ये लुम्बिनीमा १० क्षेत्रमा उम्मेदवारी दिएको छ । आफ्नो उम्मेदवार नभएको क्षेत्रमा उचित ठानेका उम्मेदवारलाई सहयोग गर्ने पनि बताएको छ । वि.स.२०४८ सालमा स्थापना भएको पार्टीको चुनाव चिन्ह हात मिलाएको रहेको छ ।