अवैध खसीबोका भन्सार चलान

मेचीकाली संवाददाता

६ आश्विन २०७८, बुधबार
406 shares

सुनिल आचार्य
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध खसीबोका, चालक र साहुलाई आवश्यक कारवाहीको लागी सुठौली भन्सार चलान गरेको छ । मंगलबार राति १२ बजे बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडककण्डमा सवारी चेकजाँचमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारेको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिल्ला पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय हरिप्रसाद चौधरीले चलाएकोे लु १ च ८०४५ नम्बरको बोलेरो पिकअप रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त पिकअपमा अवैध रुपमा लोड गरी ल्याउँदै गरेका २४ वटा खसीबोका बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

बरामदी मुचुल्कासमेत तयार गरी बरामद भएका खसीबोका, चालक र साहु समेतलाई आवश्यक कारवाहीको लागी सुठौली भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।