कपिलवस्तु प्रहरीद्वारा एक करोड बढीको हरियो मटर बरामद

मेचीकाली संवाददाता

७ आश्विन २०७८, बिहीबार
382 shares

पार्वती आचार्य
कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति एक करोड रुपैँया बढीको हरियो मटर बरामद गरेको छ । बुधबार राति ९ बजेको समयमा गोप्य सूचनाको आधारमा बरामद गरेको १ करोड २ लाख रुपैंया मूल्य बराबरको हरियो मटर तथा ट्रकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णणगर र बिओपि कृष्णनगर कपिलवस्तुबाट खटिएको संयुक्त टोलीले कृष्णनगर नगरपालिका वडा नं. १ दृष्टान्त पेट्रोल पम्पस्थित पुगेको अवस्थामा कृष्णनगर चन्द्रौटा सडक खण्डको पूर्व किनारामा स्टार्ड मै राखेको यूपी ३५ टी २४५३, यूपी ५३ टी ३६५८, यूपी ७१ टी ११८४, यूपी ५५ टी १२४५ र यूपी ५५ टी ०९६६ नम्बरको ट्रक बरामद गरेको थियो ।

यस्तै कृष्णणगर नगरपालिका वडा नं. २ गल्लामण्डीस्थित बाटोको साइडमा स्टार्ड गरी राखेको अवस्थामा यूपी ७८ टी ८८२५ नम्बर ट्रकमा समेत प्रहरीले चेकजाँच गर्दा नेपालबाट भारततर्फ निकासी गरी लैजाँदै गरेको हरियो मटर (केराउ) फेला पारी बरामद हुन आऐका उल्लेखित परिमाणको मटर र ट्रकहरूसमेत रितपूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

यूपी ३५ टी २४५३ नम्बरकोे ट्रकको अन्दाजी मुल्य रु.१२ लाख ५० हजार रुपैंयाँ , सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद हुन आएको हरियो केराउ (मटर) १ सय ४० बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ३५ क्विन्टलको जम्मा ३ हजार ५ सय केजीको मूल्य रु.४ लाख २० हजार रुपैंयाँ कायम गरिएको छ ।

यूपी ५५ टी ३६५८, नम्बरको ट्रकको अन्दाजी मूल्य रु. १२ लाख ५० हजार र सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद हुन आएको हरियो केराउ (मटर) १ सय ४० बोरा प्रति बोरा २५ केजिका दरले जम्मा ३५ क्विन्टल जम्मा ३ हजार ५ सय केजीको मूल्य रु. ४ लाख २० हजार रुपैंयाँ कायम गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यूपी ७१ टी ११८४ नम्बरको ट्रकको अन्दाजी मूल्य रु. १२ लाख ५० हजार रुपैंयाँ कायम गरिएको छ भने सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद हुन आएको हरियो केराउ (मटर) १ सय ४० बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ३५ क्विन्टल जम्मा ३ हजार ५ सय केजीको मूल्य रु. ४ लाख २० हजार रुपैंयाँ कायम गरिएको छ ।

यस्तै गरी यूपी ५५ टी १२४५ नम्बरको ट्रकको पर्ने अन्दाजी मूल्य रु. १२ लाख ५० हजार रुपैंयाँ र सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको हरियो केराउ (मटर) १ सय ४० बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ३५ क्विन्टल जम्मा ३ हजार ५ सय केजीको मूल्य रु. ४ लाख २० हजार रुपैंया कायम गरिएको हो ।

यूपी ५५ टी ०९६६ नम्बरको ट्रकको पर्ने अन्दाजी मूल्य रु.१२ लाख ५० हजार रुपैंयाँ र सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको हरियो केराउ (मटर) १ सय ४० बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ३५ क्विन्टल जम्मा ३ हजार ५ सय केजीको मूल्य रु. ४ लाख २० हजार रुपैंयाँ तोकिएको छ ।

यूपी ७८ एटी ८८२५ नम्बरको ट्रकको पर्ने अन्दाजी मूल्य रु. १२ लाख ५० हजार र सोही ट्रकमा लोड गरेको अवस्थामा बरामद हुन आएको हरियो केराउ २ सय बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ५० क्विन्टल मूल्य रु. ६ लाख रुपैंयाँ कायम भएको छ ।

ट्रकहरूको मूल्य रु. ७५ लाख रुपैंयाँ र हरियो मटरको मूल्य रू.२७ लाख रुपैंयाँ गरी जम्मा १ करोड २ लाख रुपैंयाँ बराबरको ट्रक तथा हरियो मटर आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ट्रकचालक फरार भएको हुँदा अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।