क्रिमसन अस्पतालमा न्यूरो उपचार सेवा सुरु

मेचीकाली संवाददाता

९ फाल्गुन २०८२, शनिबार
9 shares

बुटवल । यस क्षेत्रमा गम्भीर न्युरो समस्या देखिएमा हेलिकोप्टर या एयर एम्बुलेन्समार्फत काठमाडौं लगेर उपचार गर्नुपर्ने बाध्यता छ । तिलोत्तमाको क्रिमसन अस्पतालमा अब गम्भीर प्रकृतिका न्युरो समस्या नेपालका प्रतिष्ठित र सिनियर न्युरो बिशेषज्ञ तथा अन्नपूर्ण न्युरो अस्पतालका संस्थापक डा.बसन्त पन्तको टीम क्रिमसन अस्पतालमै आएर उपचार सेवा दिने भएपछि अब त्यो बाध्यता हट्ने भएको छ ।

‘क्रिमसन अस्पताल र अन्नपूर्ण न्युरो अस्पतालबीच न्युरो सेवा उपलब्ध गराउने सम्झौता भएकाले आवश्यकता अनुसार मेरो टीमले सेवा दिन्छ’, डा.पन्तले भने । यस क्षेत्रका बिरामीको सुविधाको लागि यहिबाट सेवा दिन थालिएको हो ।
डा.पन्त नेपालका अग्रणी न्युरो सर्जन हुन् । लुम्बिनी प्रदेशका बिरामीलाई गंभीर न्युरो समस्या पर्दा उपचारका लागि काठमाण्डौं या भारतमा जानुपर्ने बाध्यता छ । डा.पन्तसहितको बिशेषज्ञ टीमले गत विहिबारदेखि क्रिमसन अस्पतालमा न्युरो समस्या भएका बिरामीको चेकजाँच गरिरहेको छ ।

क्रिमसन अस्पतालसँग न्युरो सेवा उपलब्ध गराउने सम्झौता भएसँगै अन्नपूर्ण न्युरो अस्पतालबाट न्युरो बिशेषज्ञले मणिग्रामबाटै बिरामी चेकजाँच गरिरहेका छन् । न्युरो समस्यासँग सम्बन्धित उपचारका लागि मोडुलर अप्रेशन थ्रिएटर, माईक्रोस्कोपलगायतका अन्य आवश्यक उपकरणहरु क्रिमसन अस्पतालमा उपलब्ध छन् । अन्नपूर्ण न्युरो अस्पतालका चिकित्सकहरुले यहिबाट बिरामीको परीक्षण तथा आवश्यकता अनुसार शल्यक्रिया गर्नेछन् ।

‘गुणस्तरीय स्वास्थ्य सेवा सहज उपलब्धता, दक्ष जनशक्ति उत्पादन हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ क्रिमसन कलेज अफ टेक्नोलोजीद्धारा स्थापना भएको क्रिमसन अस्पताल पश्चिम नेपालमै अत्याधुनिक सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नीजि क्षेत्रको पहिलो अस्पताल हो । बि.सं २०६८ सालदेखि संचालनमा आएको यो अस्पताल २०७५ सालदेखि स्तरोन्नति गरी १०० बेड क्षमतामा गुणस्तरीय बिशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

न्युरो बिशेषज्ञसहित क्रिमसन अस्पतालमा लामो अनुभव प्राप्त र दक्ष हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जन, युरो सर्जरी, जनरल फिजिसियन, नाक, कान तथा घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, छाला तथा यौन रोग बिशेषज्ञ, रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, सिटिभिएस सर्जरी (मुटु, छाती तथा नशा शल्य चिकित्सा), बाल रोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, छाती तथा फोक्सो रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजिष्ट लगायतका सिनियर समेत गरी ४० जना चिकित्सक कार्यरत रहेका छन् । १५० भन्दा बढी दक्ष र अनुभवी नर्सिङ्ग स्टाफहरु बिरामीहरुको सेवामा खटिएका छन् ।

अस्पतालमा नेपाल सरकारको बिपन्न कार्यक्रम मृगौलाको डायलासिस, मुटुको एन्जियोप्लास्टी, एन्जियोग्राफी, पेसमेकर जस्ता सेवाहरु समेत उपलब्ध रहेका छन् ।
भारतीय दुतावाससँगको सहकार्यमा भारतीय सेनाबाट रिटायर्ड पूर्व सैनिक कर्मचारी तथा उनीहरुका आश्रित परिवारको स्वास्थ्य उपचार सेवा कार्यक्रम समेत क्रिमसन अस्पतालमा उपलब्ध रहेको छ ।