राजापुर खानेपानि संस्थाको साधरण सभा सम्पन्न

मेचीकाली संवाददाता

८ आश्विन २०७८, शुक्रबार
386 shares

बुटवल । राजापुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको १३ औं वार्षिक साधरण सभा तामनगरमा सम्पन्न भएको छ । खाने पानि एक बर्ष भित्र गरिएका कामहरुको समिक्षा गदै वर्ष भरिको आर्थिक आयब्याय प्रस्तुत गदै सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानेपानि तथा सरसफाई डिभिजन कार्यलय योगिकुटिका प्रमुख राजकुमार चौधरिले तामनगर खानेपानिले खानेपानिले उपभोक्तालाई स्वच्छ र सफा पानि खुवाएकोमा धन्यबाद व्यक्त गरेका थिए ।

खानेपानि संस्थाले सरसफाइको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै एक घर यक धारा बनाएर बाताबरण सफा शुद्ध बनाउनका साथै खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्न महत्बपूर्ण भुमिका खेलेको बताए । यस खानेपानि संस्थालाई अगामि दिनमा थप अगाडी बढाउन को निम्त्ती आबश्यक सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, खानेपानी महासघं रुपन्देही अध्यक्ष धुब्रकुमार धिताल पुर्व अध्यक्ष तथा सल्लाहकारहरु रत्न बहादुर थापा छवि लाल आचार्य , रुद्र प्रुसाद शर्मा,नयाँगाउ खानेपानी अध्यक्ष रमा केसी, सेमलार खानेपानी अध्यक्ष बुद्धी प्रसाद ढकाल, गिरिराज कुँवर, धन बहादुर रेस्मी, देबि रेग्मी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम जितबहादुर राहडीको अध्यक्षता तथा संस्थाका सचिब रुपेस पौडेलको संचालनमा सम्पन्न भएको थियो ।