गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट

मेचीकाली संवाददाता

८ आश्विन २०७८, शुक्रबार
700 shares

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-४ दोहली स्वास्थ्य चौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् । सोही गाउँपालिका-४ दोहोलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लिलबहादुर अछामीले गम्भीर घाइते हुने गरि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेयको कुटपिटबाट टाउको र खुट्टामा चोट लागेको छ । हाल चालक पाण्डेलाई उपचारका लागि पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट दुवैजनाले मादक पदार्थ सेवन गरेका कारण उक्त घटना घटेको बुझिएको छ । घटनामा संलग्नको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।