रुपन्देहीमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

मेचीकाली संवाददाता

८ बैशाख २०८३, मंगलवार
83 shares

मिलन गाहा

बुटवल । रुपन्देहीमा पाचौँ एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । यहि वैशाख ११ र १२ गते जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी ४ देशका खेलाडी बीच प्रतियोगिता हुन लागेको हो ।

प्रतीयोगीतामा हुने खेलहरु सब जुनीयर १० वर्ष भित्रका खेलाडी, ११ देखी १४ बर्ष सम्म, १५ देखी १७ बर्ष सम्मका जुनीयर तथा १८ बर्ष माथीका सिनियर गल्स तथा ब्वायज दुबै समुहमा काताको समेत प्रतीयोगीता हुने मिसन गोजुरीयो करातेका सचिव गिरीप्रसाद पुनले जानकारी दिए ।

सो प्रतियोगितामा बिभिन्न उमेर तथा तौल समुहमा २०० खेलाडीको सहभागीता रहने सल्लाहकार भरत केसीले जानकारी दिए । बिजेता खेलाडीलाई नगद सहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरीने जनाइएको छ । बिदेशी खेलाडीहरुलाई बैशाख १० गते रुपन्देहीमा स्वागत गरीने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जापान गोजुरीयो कराते डो मिसनका अध्यक्ष उमेश थापाले बताए । मार्सल आर्ट अन्तर्गतको कराते खेल सधैँ व्यवहारमा प्रयोग भइरहने हुँदा यसको महत्तव धेरै रहेकोले कराते खेलतर्फको आकर्षण बढ्दै गएको उनले बताए ।

नेपालबाट बिभिन्न अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागि भई उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको मिसन गोजुरीयो करातेका संस्थापक तथा प्रमुख प्रशिक्षक काजी रानाले बताए । प्रतियोगिताले यस क्षेत्रको सामाजिक, आर्थिक र सांस्कृतिक मात्रै नभएर पर्यटन क्षेत्रमा पनि टेवा पु¥याउने विश्वास आयोजक संस्थाको रहेको छ ।