अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाललाई

मेचीकाली संवाददाता

१२ बैशाख २०८३, शनिबार
11 shares

बुटवल, वैशाख १२। रुपन्देहीमा आयोजना गरीएको पाँचौँ अन्तर्राष्ट्रिय मिसन गोजुरियो कराँते प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । प्रतियोगितामा नेपालले ३३ पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

सो प्रतियोगितामा भारत ७ पदकसहित द्वितीय र ६ पदकसहित भुटान तृतीय भएका छन् । प्रतीयोगितामा बंंगलादेशको उपस्थिति भनिएपनि अन्तमा सहभागी भएन ।

बिजेता खेलाडीलाई कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उपाधी पाउने देश र खेलाडीलाई तिलोत्तमा नगरपालिका वडा नं ९ का अध्यक्ष धु्रब न्यौपाने तथा सल्लाहकार भरत क्षेत्री, बसन्त रोका क्षेत्री, सितेरीयो कराँतेका प्रशिक्षक अमीर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रयिोगीतामा २०० खेलाडीले विभिन विधाहरुमा प्रतिस्पर्धा गरेको गोजुरीयो कराँतेका संस्थापक तथा प्रमुख प्रशिक्षक काजी रानाले बताए । प्रतियोगितामा टेक्निकल सपोर्ट उमेश थापा, माधव घिमिरे, पे्रम राना, विपीन थापा, राजु थापासहित भारत र भुटानका प्रशिक्षकहरुले पनि सघाएका थिए ।