नेपाली काङ्ग्रेस सियारीको सभापतिमा गोपाल पाण्डे

मेचीकाली संवाददाता

११ आश्विन २०७८, सोमबार
1068 shares


तुलसी राम पौडेल
सियारी, असोज १०
नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तरगत शनिबार सम्पन्न रुपन्देहीको नेपाली काङ्ग्रेस सियारी गाउपालिकाको पालिकास्तरीय अधिवेशनमा सभापति पदमा गोपाल पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसै गरी उपसभापतिमा राम मिलन अहिर र रन्जन कुमार पौडेल क्षेत्री,सचीवमा तुलाराम यादव र नन्द कुमारी थारु ,सहसचिव पदमा वृजेश कुमार बनिया र चैतु तेलि सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसै गरी कार्यसमिति सदस्यहरुमा मिठुमाया मगर , बिष्णु कन्डेल , लाल बहादुर कार्की , रजिया कुमारी थारु , राजाराम पाण्डे ईश्वरी प्रसाद यादव , नारायणी बुधइ प्रसाद चौधरी, बनारसी लोनिया, लालुमाया भट्टराई , राजकुमार घिमिरे, कृष्ण देवकोटा , विना कुमारी क्षेत्री सुवेदी, सरस्वती ज्ञवाली पोख्रेल , रामपाल यादव , चुरामणी रिजाल , पुर्णकला पाण्डे, भोजराज खनाल, गुमनविर गुरुङ् धनेश्वरी यादब ,सोमन अहिर , प्रमिला धोबी,धर्मराज यादव ,विमला दर्जी,गिता चौधरी ,वृहस्पति थारु,देवनारायण थारु,शेष मोहम्मद खा ,श्रवण अधिकारी ,टेक बहादुर घले सर्वसम्मत निर्वाचित भएका छन् ।