बुद्धभुमिमा खाद्यअधिकार विषयक अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

१२ आश्विन २०७८, मंगलवार
416 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना तथा मानवअधिकार समुह बुद्धभूमिको समन्वयमा सोमबार बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्गेमा खाद्य अधिकारको अवस्था विषयकअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका संयोजक भोला महतले इन्सेकले लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको बताए । इन्सेकले अनुगमन, अभिलेखिकरण, पैरवी र मानव अधिकार शिक्षाको विषयमा काम गर्दै आइरहेको जानकारी दिए । साथै महिला हिंसा सम्बन्धी घटनाहरुको अभिलेख राख्ने लगायतका बिषयमा जानकारी दिए । मानव अधिकारको संरक्षण, प्रवद्र्धनका लागि राज्यले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथी बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरपालिकाले खाद्य सुरक्षा र लक्षित बर्गलाई फोकस गर्नेगरी नेपाल सरकारले शर्सत कार्यक्रममा बहुक्षेत्रीय कार्यक्रम अन्तरगत हजार दिनका आमाहरुकालागि प्याकेज कार्यक्रमहरु ल्याएको बताए । स्वास्थ्य संस्था अर्थात बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई लक्षित गरेर प्याकेजहरुमा पोषण झोला बितरण स्वास्थ्य चौकीहरु मार्फत गरिएको छ ।

यस्तै नगरपालिकामा आर्सेनिकको समस्या भएको हुँदा यस आर्थिकमा आर्सेनिकको समस्यालाई अभियानको रुपमा संचालन गर्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउने महिलाहरुका लागि स्वास्थ्य चौकीहरुको मागको आधारमा सामाग्रीहरु उपलब्ध गराईएको छ । यस्तै महिला सहकारीहरुलाई आयमुलक कार्यक्रमहरु संचालन गरिने, कृषिलाई व्यवसायी बनाउनका लागि कृषि उपकरणहरु बितरण गरिएको, उपकरण सहि तरिकाले संचालन गरुन भन्ने उद्देश्यले कृषकहरुलाई तालिम संचालन भैरहेको बताए ।

दुध उत्पादन गर्ने किसानहरुलाई दुधको उत्पादनको आधारमा अनुदान दिएको छ । बजार अनुगमनलाई गत बर्षदेखि खाद्य बस्तुको गुणस्तर जाँच तथा बजार अनुगमनको थालनी शुरुवात गरिएको छ । तर अहिलेलाई दण्डात्मक भन्दा निरोधात्मक, उपचारात्मक सुधारात्मक कार्य हुदै गएको बताउनु भएको छ । हाट बजार ब्यबस्थित गर्ने, कोसेली घर मार्फत घरेलु उत्पादनहरु बिक्रि गर्ने, कृषिका अरु उत्पादनहरु बिक्री बितरणको शुरुवात गरिने उनले जानकारी दिए ।

यसैगरी क्यान्सर, मुटु सम्बन्धि समस्या भएका रोगीहरुलाई नेपाल सरकारले रु. १ लाख सम्मको सुबिधा दिएको छ त्यस्ता ब्यक्तीहरुलाई उपचार गर्न जाँदा केही सहयोग होस भन्ने उद्देश्यले यस बर्ष देखि रु. १० हजार रकम छुट्टएको बताउनु भयो । किसानहरुको अभिलेखिकरण गरेर उनिहरुको अभिलेखि करण गर्ने, पशु शिबिर, स्वास्थ्य शिबिर, सिफारिस दिने, जेष्ठ नागरिकलाई परिचयपत्र दिने, चिकित्सकहरु लगेर बालि उपचार गर्ने र औषधी दिने कार्य भएको छ ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. २ का वडा अध्यक्ष भेषराज खनालले वडा नं २ मा कृषि उत्पादनमा अहिले सम्म धान बाहेक कुनै पनि उब्जनी नहुने बताए । यस गोरुसिङ्गे क्षेत्रमा सिचाईको अभाव, वरीपरी खोला नहुँदा सिचाईको समस्या रहेको छ । अहिले ५ वटा बोरिङ गाडिएको छ तर उपभोक्ताहरुले त्यलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा उनिहरुलाई चेतनाको कमी भएको बताए । यस क्षेत्रमा छाडा चौपायाहरुले बालि खाईदिंदा खाद्यान्नमा कमी हुँदै आएको बताए । इन्सेक मानव अधिकार समुहले यस्ता सचेतना मुलक कार्यक्रमहरु वडाका बिभिन्न गाउँमा पुगेर संचालन गर्न आग्रह गरे ।

यस्तै कृषि शाखा प्रमुख देबीराम बेल्बासेले नगरपालिका ठुलो छ, सिमित श्रोत भएका कारण समुह सहकारीका फर्महरु मार्फत किसानलाई बिउबिजनहरु बितरण गर्दे आएको छ र समुहमा नभएका किसानहरुलाई व्यक्तीगत रुपमा कुनैपनि बिउबिजनहरु बितरण नगरिएको बताए । मलखादको समस्या उस्तै छ किसानहरुलाई समयमा मलखाद उपलब्ध गराउन सकिएको छैन । कृषिमा भएका केही कमजोडीहरुलाई आगामी दिनहरुमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए ।

यस्तै पशु सेवा शाखाका प्रमुख लक्ष्मणलाल श्रीवास्वतले बुद्धभुमि नपामा खाद्य बस्तु तरकारी र मासुुजन्य बस्तुवाट आत्मनिर्भर भएको भन्दै नागरिकको खाद्य सुरक्षाका लागी बजारदेखि भान्सा सम्म गुणस्तर र पोषण युक्त खानका लागी विभिन्न कार्यक्रम तथा बजार अनुगमन गर्ने गरेको बताए । बजार अनुगमन ४ महिनामा १ पटक अनुगमन गरिदै आएको बताए ।

बुद्धभुमि उद्योग बाणिज्यसंघका सह सचिव बालकृष्ण बेल्बासेले किसानहरुलाई जनचेतना दिनुका साथै होटलहरुमा पकाईने खाना सम्मको ब्यबस्थापनका लागि के गर्नु पर्छ र शुद्ध खाना कसरी पाउन सकिन्छ भन्ने बिषयमा के गर्नुपर्छ त्यसकालागि बुद्धभुमि उद्योग बाणिज्यसंघ हातेमालो गर्न तयार भएको बताए ।

होटल ब्यबसायीसंघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले सर्ब प्रथमत किसानहरुले समयमा बिउ र मलखाद पाउँदैनन जेनतेन जेहो गरेर उत्पादन गरे पनि किसानहरुले उत्पादन गरेका बिभिन्न खाद्यबस्तु, बिभिन्न तरकारीहरुको बजार ब्यबस्थापन नगरिंदा किसानहरु चिन्तित हुनु पर्ने बताए ।

यस्तै भृकुटी माबिका प्रधानाध्यापक बेद प्रकाश भुषालले मानिसहरुलाई गर्भमा हुँदा देखि नै पोषणको आबश्यकता पर्ने भएको हुँदा खाद्यको बिषयमा कसैले पनि खेलवाड नगरी सबैले बुझ्न आबश्यक भएको बताए । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको बिषयमा इन्सेकले चलाएको अभियानको प्रशंसा गर्दै सबै सचेत हुन आबश्यक भएको बताउँदै कार्ययोजना बनाउनुका साथै समस्या पहिचान गरेर यस्ता कार्यक्रमहरुलाई लक्षित बर्ग सम्म पु¥याउन आग्रह गरे ।

बुद्धभुमि क्याम्पसका शिक्षक पदम सापकोटाले खाद्य अधिकारका बारेमा हामीहरुले किनेर खाने खाद्य बस्तुहरु सही छन की छैनन भन्ने बिषयमा बजार अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । भृकुटी माबिमा अध्ययनरत बाल अधिकार चेतना समुहका बिद्यार्थी अस्मिता खनालले कृषकहरुलाई सिचाईमा धेरै समस्या भएको बताइन् । कृषकहरुले समुह बनाएर अगाडी गए पनि त्यसलाई ब्यक्तीगत रुपमा प्रयोग गरिएको छ । किसानहरुले ५ सय रुपैंया देखि १ हजार रुपैंया शुल्क तिरेर सिंचाई गर्दै आएका छन् । कृषिका सामाग्रीहरु अर्थात बिषादीहरु बितरण गर्दा मेहनती कृषकलाई भन्दा पनि हाम्रो मान्छेलाई दिने गरिएको पाईएको हुँदा खाद्य बितरण गर्दा ध्यान दिएर बितरण गर्न कृषि शाखालाई सुझाव दिइन् ।

मानव अधिकार समुहका सदस्य महेन्द्र प्रसाद खनालले नागरिकलाई खाद्य अधिकार सुनिश्चतताको सवालका साथै संविधानमा भएको मौलिकहक र कानुनहरु, अन्तराष्ट्रिय सन्धि सम्झौता र बुद्धभुमि नगरपालिकामा रहेका समस्या र कार्यान्वयका अवस्था लगाएतका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा ईन्सेक सहजकर्ता पार्बती आचार्यको सञ्चालन तथा सहजीकरणमा सम्पन्न भएको थियो ।