पाल्पाबाट बुटवल आउँदै गरेको जीप दुर्घटनाः २ जना घाइते

मेचीकाली संवाददाता

१३ आश्विन २०७८, बुधबार
605 shares

बुटवल। सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको पानी मिल नजिकै बोलेरो जीप दुर्घटना भएको छ । बुधबार बिहान पाल्पाबाट बुटवल आउँदै गरेको लु १ च ४३२६ नम्बरको जीप पाल्पाको तिनाउ गाउँपालिका–३, पानीमिल सानोगैरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र घाइतेको अवस्था मध्यम रहेको तिनाउ गाउँपालिका ३ का वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने वर्ष २८ का चालक ज्ञानबहादुर दर्लामी र सोही स्थानका वर्ष २२ का सहचालक रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।