बुटवलमा खुल्यो युवा लक्षित ‘डोसा एक्सप्रेसो’

मेचीकाली संवाददाता

१३ आश्विन २०७८, बुधबार
1045 shares

बुटवल । सामान्यतया विदेशी मेशिनबाट बनेका अमेरिकानो र एक्सप्रेसो कफी धेरैले पिउने गर्दछन् तर, नेपालमा पहिलोपटक नयाँ ढंगबाट बालुवामा पकाइएको कफी बुटवलमा शुरुवात गरिएको छ । साउथ इण्डियन परिकार पारखीहरुलाई लक्षित गरी रुपन्देहीमा डोसा एक्सप्रेसो खुलेको छ ।

अरेबियनहरुमाझ निक्कै लोकप्रिय मानिएको बालुवामा पाक्ने तुर्किस कफी लामो समय होटलमा काम गरेका युवा सिद्धार्थ शर्मा र बुटवलमा लुम्बिनी बासिस्टा एण्ड हस्पिटालिटी प्रालि खोलेका शंकर शर्माको जोडीले नेपालमै पहिलोपटक बुटवलमा भित्राएका हुन् ।

चेन्नइमा ३ वर्ष र दिल्लीमा समेत लामोसमय होटलमा काम गरेका युवा सिद्धार्थ शर्मा र शंकर शर्माको जोडीले बुटवलका उपभोक्ताको चाहनालाई मध्यनजर राख्दै नया सेवा सुरु गरेका हुन् । भाँडामा बालुवा पकाएर त्यसमा तर्किस कफमा बिन्स हालेर पकाउँदा स्वाद नै बेग्लै हुने सञ्चालक शंकर शर्माले बताए ।

विदेशबाट नै स्पेशल तुर्किस भाडा मगाएको जनाउँदै उनले कफीलाई मटकामा पस्केर ग्राहाकलाई दिइने जानकारी दिए । यसैगरी साउथ इण्डियन डोसालाई नेपाली कच्चा पदार्थसँग मिश्रण गरेर कोदो, फापरको डोसाँंग नरिवल, पिनट, मिन्ट मिश्रणको चटनी र सावरको स्वाद पेश गरिएको उनले बताए । बिरियानी, चिजबल, पिज्जा, वर्गर, स्याडिच, चेन्नई चिकन पकौडालगायतका परिकारसमेत तयार गरिने शर्माले बताए ।

स्वदेशमा नै सेवा उद्योगमार्फत अगाडि बढ्ने लक्ष्यसहित सुरु भएको रेष्टुरेन्टमा डोसा र कफी स्पेशल डिसकारुपमा राखिएको छ । चेन्नइको मुख्य परिकारका रुपमा मानिने डोसाको वास्तविक स्वाद आफ्नो रेष्टुरेन्टमा मिल्ने उनले दाबी गरे । अजिनामोटा हालेका स्वस्थ्यका लागि हानिकार हुने कुनै पनि खाना तयार नगर्नेसमेत उनले बताए । शर्माका अनुसार रेष्टुरेन्टमा स्वदेशी लोकल कच्चा पदार्थहरु कोदो, फापर, मकै र चामल पिठोको २० प्रकारका डोसा र अर्गानिक बिन्स प्रयोग गरेर कफी बनाइने छ ।

रेष्टुरेन्टलाई नन स्मोकिङ जोन र फेमिलि लक्षित गरिएको छ । आकर्षण सजावटसहित सुरु गरिएको रेष्टुरेन्टमा १५ लाख खर्च भएको शर्माले बताए । जहाँ २ जना सञ्चालकसहित अन्य ४ जनाले रोजगार पाएका छन् ।