नेपाल ढकाल समाज प्रतिस्ठान रुपन्देहीको भेला

मेचीकाली संवाददाता

१४ आश्विन २०७८, बिहीबार
747 shares


तुलसीराम पौडेल
रुपन्देही ,असोज १४

नेपाल ढकाल समाज प्रतिष्ठानको रुपन्देही जिल्ला भेला एक कार्यक्रमका बीच बुटवलको शुख्खानगरमा अबस्थित होटेल स्पानमा बुधबार सम्पन्न भयो। उक्त प्रतिष्ठानले देश बिदेशमा छरिएर रहेका ढकाल बन्धुहरुलाइ एकताबद्द गरि उनिहरुको अबश्था,उद्गम , बिकाश, बिश्तार,साथै देशको लागि ढकालहरुले निजि तथा सरकारी पदमा रहेर गरेको योगदान र आगामी दिनहरूमा गर्नुपर्ने कामहरुको बारेमा व्यापक छलफल गर्‍यो ।आगामी दिनहरुमा सम्भब भए सम्मका देशका सबै जिल्लामा समिति गठन बिस्तार गरि प्रतिष्ठानको माध्यमबाट रचनात्मक तथा सृजनात्मक कामहरु गरि समग्र देश बिकासमा टेवा पुग्ने कामहरू गर्ने निर्णय गरेको छ ।प्रतिष्ठानको उद्देश्य लाई मुर्तरुप दिन यस भेलाले खोमराज ढकालको सन्योजकत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।जसमा
संयोजक : खोमराज ढकाल, सदस्यहरुमा कपिलमणी ढकाल ,गुरु प्रसाद ढकाल ,गोपाल ढकाल ,दामोदर ढकाल ,दिवाकर ढकाल ,ढुण्डिराज ढकाल ,मधु ढकाल ,मोतिलाल ढकाल ,रमेश हरि ढकाल ,लिलाधर ढकाल ,शिवलाल ढकाल र सल्लाहकारमा नन्दिकेशर ढकाल ,हरि प्रसाद ढकाल रहनु भएको छ।

यश कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालले गर्नुभएको थियो ,।कार्यक्रम को अध्यक्षता हरि प्रसाद ढकालले गर्नुभएको थियो भने कपिलमनि ढकालले कार्यक्रम सन्चालन गर्नु भएको थियो।