शैक्षिक सामाग्री हस्तान्तरण

मेचीकाली संवाददाता

१४ आश्विन २०७८, बिहीबार
486 shares

पार्बती आचार्य
कपिलवस्तु । दलित महिला संघ कपिलवस्तु द्वारा संचालित कर्मठ बालिका दलित तथा सिमान्तकृत बालिकाहरुको शैक्षित उपल्बधि प्रर्वद्घन परियोजना अन्तर्गत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

कपिलवस्तु नगरपालिका ५ कोटिग्राम माविमा ,यशोधरा गाउँपालिका ६ वासुदेव जनता मा.वि , जगन्नाथ मा.वि , अनिरुद्र पब्लिक मा.वि र मायादेवी गाउँपालिकाको जनता मा.विमा अध्ययनरत बालिकाहरुको अभिभावक (आमा) समुहमा आवद्ध महिलाहरुको बालबालिकाहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

कोभिड महामारीमाको सन्र्दभमा लामो समयदेखि विद्यालय जान नसकेको कारण घरमा पठन पाठन गर्नका लागि कर्मठ बालिका परियोजना अन्र्तगत Karuna Trust ,Karuna Dautchlands & BMZ Germany को आर्थिक सहयोगमा ४ सय ३१ जना दलित, विपन्न र सिमान्तकृत समुदायका बालबालिकाहरुलाई कपि, कलम, ज्यामेटी सेट ,पेन्सील, रंग कलम हस्तान्तरण गरिएको हो ।

छात्र र छात्राहरुलाई दलित महिला संघ कपिलवस्तका अध्यक्ष माया नेपाली , सचिव अनिता श्रीमाल विद्यालयका प्रधानाध्यापक, जन प्रतिनिधि, शिक्षक स्वयंम सेवक दिलिप कलवार, अभिमावकको उपस्थितीमा बालबाकिाहरुको हभिभावकहरुलाई हस्तानतरण गरिएको फिल्ड सुपरभाईजर शंकर नेपाली नेपालीले जानकारी दिए ।