लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. इन्द्र ढकाल नियुक्त

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
798 shares

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट डा राजेन्द्र खनाल हटाइएका छन्।

बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। उनका अनुसार डा. ढकाल निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन् ।

डा। खनाललाई भने कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको छ। यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।