एमालेको विधान महाधिवेशन सुरु

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
560 shares

काठमाडौं । नेकपा एमालेको प्रथम विधान अधिवेशन सुरु भएको छ। गोदावरीको सनराइज हलमा सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि सहभागि भएका छन्।

राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन्। महाधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ।

महाधिवेशनमा कालो मास्क लगाउन दिइएको छैन। कार्यक्रमको सांकेतिक भाषामा पनि अनुवाद गरिएको छ। एमालेको विधान महाधिवेशन १५–१७ असोजसम्म हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।