प्रभु इन्स्योरेन्सका परामर्शदातालाई क्षमता अभिबृद्धि कार्यक्रम

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
423 shares

बुटवल । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुटवल एरिया भित्रका आर्थिक वर्ष २०७७–७८ मा उत्कृष्ठ बीमा व्यवसाय गर्दै आभएका बीमा परामर्शदाता (अभिकर्ता) लाई सम्मान एवम क्षमता अभिवृद्दि कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवल, मुर्गिया, भुमही शाखाबाट सहभागी भएका बीमा परामर्शदाताहरुलाइ कम्पनीका लुम्बिनी प्रदेश प्रमुख कृष्णकुमार पुरीले आगामी लक्ष्य, बीमा बिक्रिकला, कुशल बीमा लिडर बन्नका लागि आवश्यक पक्षहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले बीमाको शान्दर्भिकता, महत्व र भूमिका बढ्दै गएको भन्दै समुदायमा भिजेर र समुदायको विश्वास जितेर काममा केन्द्रित हुन आग्रह गर्नुभयो ।

अघिल्लो आर्थिक बर्षमा उत्कृष्ठ बीजनेश गर्न सफल बीमा परामर्शदाताहरु लिला पराजुली, शोभाकर बञ्जाडे, शोभाकर पाण्डे, यामप्रसाद पराजुली, तोजबहादुर रायमाझी भोपालप्रसाद भुसाल, ढाकाराम भण्डारी, झविन्द्रप्रसाद ढकाललाई सम्मान गरिएको थियो ।

यस्तै अभिकर्ताहरु अम्बिका ढकाल, कृष्ण पोखरेल, विजय कंडेल, प्रभा रजाली, रन्जु भुसाल, विसाल पन्थी, मन्जु पाण्डे, विष्णु कंडेल, सरिता विष्ट, सुस्मा थापा, इन्द्रजीत न्यौपाने, सुवास विष्ट, ओमनारायण गुप्ता, सचिनान्द मल्ल, अनिल खनाल, आस्थाकुमारी श्रेष्ठ, सुवास विष्टलगायतलाइ सम्मान गरिएको कम्पनीका प्रदेश प्रमुख पुरीले बताउनुभयो ।

सम्मान कार्यक्रममा प्रसान्त सुवेदीले बीमा योजना सहित उत्प्रेरक प्रशिक्षण प्रदान गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमले आफुहरुको बीमा क्षेत्रको व्यवसायमा महत्वपूर्ण टेवा पु¥याउने बताएका थिए ।

एरिया म्यानेजर प्रकाश अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो भने एजेन्सी म्यानेजर कृष्ण पोखरेल, भविन्द्र ढकाल, लिला पराजुलीलगायतले बीमा बिक्रिकला सम्बन्धी आफ्नो अनुभुति सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बीमाको क्षेत्रमा स्थापित र लामो समयदेखि कार्यरत पुरी हाल प्रभु लाइफ इन्स्योरेन्सको लुम्बिनी प्रदेश प्रमुख हुनुहुन्छ । पुरीले बीमा अभिकर्ताहरुका लागि उत्प्रेरणा जगाउँदै आउनुभएको छ ।