आर्थिक सहयोग हस्तान्तरण

मेचीकाली संवाददाता

१५ आश्विन २०७८, शुक्रबार
621 shares

पार्बती आचार्य
कपिलवस्तु, असोज १५ । बाणगंगा नगरपालिका वडा नं. ५ बैकुण्ठपुर निवासी स्वर्गिय ज्ञानकला खनालको परिवारलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भई क्रिया गर्ने खर्चसमेत नभएको भन्ने थाहा पाएपछि मृतकको परिवारलाई नेपाल तरुणदल एवं नेविसंघ कपिलवस्तुले ११ औं दिनको पुण्यतिथिको अवसरमा रु.५० हजार रुपैंयाँ सहयोग गरेको छ ।

क्यान्सर रोगबाट लामो समय सम्म उपचार गराउँदा रोग निको नभएको र उपचारकै क्रममा सबै सम्पतीसमेत सकिएको र आर्थिक आवस्था एकदमै कमजोर छ भन्ने स्थानीय दुर्गा जिसीबाट खबर प्राप्त भएपछि उक्त परिवारलाई क्रियाखर्चका लागि सहयोग गरिएको नेविसंघका क्षेत्रिय सभापती चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।

सहयोग गर्नेहरु वडा नं. ५ का नेपाली कांग्रेसका सक्रिय व्यक्तित्वहरु, बिभिन्न संघ संस्थाहरु , नेविसंघ र तरुणदल कपिलबस्तुलगायको सहयोग रहेको थियो । सहयोग कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशनका प्रतिनिधि दुनिका भुषालले मृतकका १ छोरीको अभिभावकत्व ग्रहरण गर्दै कक्षा ९ र १० मा निशुल्क पढाउने जिम्मेवारी लिएका छन् ।

यस्तै काग्रेसका क्षेत्रीय सभापति शालिकराम चौधरी , नेपाली कांग्रेसका नगरसभापति बिष्णु थापा , तरुणदलका जिल्ला सभापति शक्तिसिंह ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले सहयोग हस्तान्तरण कार्यक्रममा जसलाई दुख पर्छ, समस्या परेको छ भन्ने खबर प्राप्त हुँदा साथ सानो भए पनि सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा रमेशचन्द्र भुषाल, सूर्य बराल , गोबिन्द आचार्य , कृष्ण पराजुरी, सुशिलसिंह ठकुरी, मिन थापा, किरण पन्थी ,बलाराम घिमिरे दुर्गा थापा लगाएतको उपस्थिति रहेको दुर्गा जिसीले जानकारी दिए । स्वर्गिय ज्ञानकला खनालका श्रीमान्, २ छोरी र १ छोरा छन् । आर्थिक अवस्था भने एकदमै कमजोर रहेका परिवाले सहयोगि हातहरुलाई धन्यवाद दिएका छन् ।