लैङ्गिक हिंसा सम्बन्धि सामन्वय बैठक सम्पन्न

मेचीकाली संवाददाता

१६ आश्विन २०७८, शनिबार
547 shares

पार्बती आचार्य
कपिलवस्तु । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र Nabp नर्बेको आर्थिक सहयोगमा लैङ्गिकमा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व सम्बन्धि समन्वय बैठक बहादुरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल नेत्रज्याती संघ दाङका सभापती कृष्ण कुमार गिरीले महिलाहरु बिभिन्न हिंसा, उत्पिडन, शोषण र पीडाबाट अझै पनि उन्मुक्ति हुन नसकेको बताए । निती नियम बने पनि त्यसलाई यथार्थ रुपमा लागु गर्न नसक्नु दुःखको कुरा भएको बताए । उनले बिभिन्न संघसंस्थाहरु कार्यरत भएपनि हिंसा न्युनिकरणका लागि एडभोकेशी गर्न नसकिएको बताउँदै उनले छिमेकीहरु अर्थात आम नागरिकहरुलाई निती र कानुनका बारेमा जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्युनिकरण हुने बताए । हिंसा न्युनिकरण गर्नका लागि सबैले हातेमालो गर्न आबश्यक भएको उनको भनाई छ ।

कार्यक्रममा चिफ मेडिकल डाईरेक्टर डा. सुलक्ष्मी कटुवालले हिंसा अन्त्य गर्न सकिदैन न्युनिकरण गर्न अवस्य सकिन्छ तर न्युनिकरण गर्न सबै लाग्नुपर्ने बताईन् । यसैगरी संस्थाका सचिव सुरेन्द्र बहादुर खड्काले अस्पत्तालमा हिंसाका घटनाहरु आउँछन् तर खुलेर बोल्न र आफ्ना समस्याहरु भन्न नसक्नु दुखको कुरा भएको बताए । हिंसा पीडीतहरुले आफुमाथि भएको हिंसालाई लुकाई रहँदा पटकपटक हिंसा खेप्न बाध्य भएको बताए ।

कार्यक्रममा अस्पत्तालका प्रमुख प्रशासक शम्शेर थापाले नेपाल नेत्रज्योती संघ, यस अन्तरगत संचालित आँखा अस्पत्तालहरु र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत संचालित र आँखा अस्पत्तालहरुले गरेका कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए ।
यसैगरी प्रशासकिय अधिकृत जसराज बिश्वकर्माले आँखा स्वास्थ्य क्षेत्रमा पनि लैंगिक हिंसाका घटना पीडीतहरुको स्वास्थ्य उपचार त हुन्छ त्यसपछिको अवस्था बारे केही जानकारी नहुने भएको र घटनाहरु किन लुकी रहेका छन भन्ने बिषमा जानकारी लिन यो कार्यक्रमको आयोजना गरिएको बताए । आगामी दिनहरुमा लैंगिक हिंसालाई दातृ निकायको नेत्रज्याती संघको लक्ष्य र कार्यक्रम अनुसार महिंला हिंसा तथा रोकथामको लागि आगामी दिनहरुमा मानव अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मीहरुको सहयोगको अपेक्षा भएको बताए ।

शिवराज नगरपालिका वडा १० की वडा अध्यक्ष मन्जु मिश्रााले अस्पत्तालमा आउने जती पनि बिरामीहरुलाई सर्बप्रथम उपचार गर्नुपर्ने बताईन् । मधेशमा भाषाको समस्या भएको हुँदा भाषा बुझेर पीडीतको समस्यालाई बुझेर मात्र पीडीतलाई न्यायदिन महिला सेललाई आग्रह गरिन् ।
कार्यक्रममा सहभागि महिला सेल, बिभिन्न संघ संस्था मार्फत मानव अधिकारकारको क्षेत्रमा काम गर्दै आएका महिला मानव अकिारकर्मीहरुले हिंसा पीडीत महिलाहरुले श्रीमान, सासु लगायतका घरपरिवारले कुटपीट गरेपनि पीडीतले म आफैं लडेर घाउचोट लागेको भन्ने गरेको बताए ।
घरमा चरम हिंसा भएपछि ज्यान पाल्न भारत तर्फ रोजगारीका लागि जाँदै गरेका महिलाहरुलाई बोर्डरमा रोकेर परामर्श गर्दा उनिहरुले केही भन्न नखोज्ने आफन्त नेपालकी निशा बोहोराले बताईन् ।

जब सम्म मानसिक र शारिरीक रुपमा सक्षम हुँदैनन् तव सम्म हिंसाबाट मुक्त नहुने नेपाल पत्रकार महासंका पुर्ब केन्द्रिय सदस्य निशा बिश्वकर्माले बताईन् । महिला ंिहसा न्युनिकरण गर्न स्थानियतहहरुमा सहकार्य गरी अभियान संचालन गर्नुपर्नेमा जोड दिएकी थिईन् । साथै हिंसा पीडीतहरुलाई परामर्श गर्नका लागि परामर्श कक्ष छुट्टै हुनुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रम छन्द (कालेबाबु) नारायणी अस्पतालका प्रशासनिक समिती संयोजक सारदा चौधरीको अध्यक्षता, नेपाल नेत्रज्योती संघ दाङ् शाखाका सभापती, केन्द्रिय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा कपिलबस्तु क्षेत्रका महिला मानव अधिकार र लैंगिक हिंसा संबन्धित क्षेत्रमा कार्यगर्ने बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु र अस्पताल ब्यबस्थापन समितीका पदाधिकारीहरु बिच समन्वय बैठकमा लैंगिंक हिंसा रोकथाम तथा त्यसको उपचारका बारेमा छलफल भएको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका सुचना अधिकारी बालाराम खड्काको संचालनमा सम्पन्न भएको थियो ।

यसैगरी महिला हिंसा न्युनिकरण गर्नका लागि छन्द कालेबाबु नारायणी अस्पतलका प्रशासकिय अधिकृत जसराज बिश्वकर्माको संयोजकत्वमा महिला मानव अधिकार, लैङ्गिक हिंसा सम्बन्धि लगाएतका क्षेत्रमा कार्यरत प्रतिनिधीहरुलाई सदस्यमा मनोनित गर्ने गरी लुज फोरम गठन गर्ने जनाईएको छ ।