रूपन्देहीको शुद्धोधनमा मजदुरको हत्या

मेचीकाली संवाददाता

१८ आश्विन २०७८, सोमबार
394 shares
सांकेतिक तस्वीर

बुटवल । रूपन्देहीको शुद्धोधनमा आइतबारराति मजदुरको हत्या भएको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर ३ वेतानीमा रहेको स–मिलमा काम गर्दै आएका पश्चिम नवलपरासी सुस्ताका अवधेश चमारको खुकुरी प्रहारबाट मृत्यु भएको हो ।

घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले गम्भीर घाइते चमारको उपचारका लागि बुटवलस्थित, लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए । सोही उद्योगका कार्यरत भारतीय नागरिक रवी सिंहले चमारलाई खुकुरी प्रहार गरेका थिए ।

सिंहले खुकुरी प्रहार गरी घाइते बनाएका अवधेशका पिता गोपिचन्दको भने, अस्लापतालमा उपचार भइरहेको छ । थापाले भने, ‘आपसी झगडामा विवाद उत्पन्न भएपछि घटना आक्रमणमा पुगेको देखिन्छ । मादक पद्धार्थ सेवन पनि गरेका रहेछन । घटनाको बाँकी अनुसन्धानकै क्रममा छ ।’ खुकुरी प्रहार गर्ने रविलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।