पाकेटमारका अचम्मका कोड भाषाः पीडीतलाई ‘रामे’, पुलिसलाई ‘ठुल्दाई’

मेचीकाली संवाददाता

१८ आश्विन २०७८, सोमबार
702 shares

काठमाडौं । सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले दशैँ/तिहारको मुखमा सवारी साधनमा पाकेट मार्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भदौ २५ देखि हालसम्म सवारी साधनमा पाकेट मार्ने २ सय ७ जना पाकेटमारमध्ये प्रहरीले १ सय ६१ जनालाई पक्राउपश्चात उनीहरुको अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी ४६ जनालाई कारागार चलानका लागि पठाइएको एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । एसएसपी अशोक सिंहले सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुबाट उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीहरुले पक्राउ परेकाहरुको कोड भाषा अचम्मको रहेको बताए ।

सार्वजनिक बसमा यात्रु लुट्न दुईरदुई जनाका दरले ६ समूह बनाएर छिर्ने पाकेटमारको कोड भाषा जो कोहीले बुझ्न नसकिने एसएसपी सिंहको भनाइ छ ।

यस्तो छ पाकेटमारको कोड भाषा ।

पैसा : द
मोवाइल : कान
पाकेटमारी सकेको मान्छे : रामे
पाकेटमार : मास्टर, काशी
पैसा धेरै छ : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राइभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडि सर : चिछल जा