प्रहरी दिवशको अवसरमा रक्तदान

मेचीकाली संवाददाता

१९ आश्विन २०७८, मंगलवार
591 shares

कपिलवस्तु । ६६ औँ प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लामा कार्यरत प्रहरी कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार मनाउन लागिएको ६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यको आतिथ्यत, नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुका जिल्ला शाखाका प्रमसख सन्तोष श्रीवस्तवको आतिथ्यता, रेडक्रस सोसाइटीका ल्याब टेक्निसियन र सञ्चारकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखामा मन्त्री सन्तोष श्रीवस्तवले ब्लडब्याग प्रहरी उपरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरी औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

जिल्ला शाखा प्रमुख सन्तोष श्रीवास्तवले प्रहरी कर्मचारीले दानगरेको रगत घटना, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी समस्या रहेका नागरिकको जीवन रक्षामा उपयोग हुने बताए ।