कपिलवस्तुमा गोली प्रहार गरि ८ लाख रुपैयाँ लुटियो

मेचीकाली संवाददाता

२१ आश्विन २०७८, बिहीबार
373 shares
सांकेतिक तस्वीर

सुनिल आचार्य
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात समुहले गोली प्रहार गरि ८ लाख रुपैयाँ लुटेका छन् ।

बिहीबार दिउँसो करिव साढे तिन बजे मायादेबी गाउँपालिका–४ चाकडचौडाका ४० वर्षीय रामरक्षा जैसवाल चढेको प्र–३–०१–२३ च ८०८९ नम्बरको कारमा अज्ञात समुहले गोली प्रहार गरी ८ लाख रुपैयाँ नगद लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मोटरसाईलमा आएका २ जना अज्ञात व्यक्तीले कारमा सवार जैसवाल जनामाथी गोली प्रहार गरी नगद लुटेर भागेका छन् । गाडीमा सवार जैसवाललाई केही भएको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।