नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो अधिबेशन सम्पन्न

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
652 shares

पार्बती आचार्य
कपिलवस्तु । नेपाल रास्ट्रीय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो अधिबेशन सम्पन्न भएको छ । ‘रास्ट्रीय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय औद्योगिकिकरण तथा ब्यापार बिबिधिकरण’ भन्ने मुला नाराका साथ भन्य रुपमा अधिबेशन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले आफ्नो पार्टीलाई देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । देशको पहिलो पार्टी हुदैं नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्नो पार्टी देशभरी नै अग्रसरका साथ अगाडि बढिरहेको बताए । उनले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

जनवर्गीय संगठन तथा पेसागत संगठनको भेला, सम्मेलन जेजति सम्भव छ त्यसलाई सम्पूर्ण तरिकाले संस्थागत गर्दै सदस्यता नवीकरण तथा कमिटी विस्तार गर्ने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि खनालले नेपालमा आयत बढी र निर्यात कम हुने स्थितिलाई परिवर्तन गर्नुपर्ने आवश्यता भएकाले उद्योगी व्यवसायीले त्यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा महासचिव कोपिल पौडेलले प्रगती प्रतिबेदन प्रस्तुत, प्रदेश अध्यक्ष मनिस कुमार जोसिले समग्र प्रादेशिक गतिविधिबारे जानकारी, केन्द्रिय अध्यक्ष स्याम पाठकले सङ्गठनको समग्र स्थिती र ब्यबसायिले खेल्नु पर्ने भुमिका तथा चक्रपाणी खनाल बलदेवले समग्र आर्थिक अबस्था एबम माओबादीले अंगिकार गरेको आर्थिक नीति को बिषयमा प्रस्ट पारेका थिए ।

यसैगरी मदिरा व्यवसायी संघ लुम्बिनी प्रदेस अध्यक्ष गिरिराज पौडेल, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरि, सङ्गठन का केन्द्रिय सदस्य टोपनारायण बेल्बासे लगायतले सुभकामना दिएका थिए । कार्यक्रम हुमनाथ पौडेलको अध्यक्षतामा महासचिव खिमानन्द पौडेल (कोपिल) को संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टी माओबादीका स्थाइ समिती सदस्य चक्रपाणी खनाल बलदेव त्यसैगरी प्रमुख बक्ता सङ्गठनका केन्दीय अध्यक्ष श्याम पाठक, विशिष्ट अथिती लुम्बिनी प्रदेश अध्यक्ष मनिस कुमार जोसि, माओबादी केन्द्र कपिलवस्तुका संयोजक रामचन्द्र साह (बिष्णु) लगायतको आतिथ्यता रहेको थियो ।

यसैबिच तेस्रो अधिबेशनले २७ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको छ । जसको अध्यक्षमा हुमनाथ पौडेल, बरिस्ठ उपाध्यक्षमा खिमानन्द पौडेल (कोपिल), उद्योग उपाध्यक्षमा यम बहादुर केसि बाणिज्य उपाध्यक्षमा मोहम्मद थकाली मिया, एसोसिएट उपाध्यक्षमा राजश्री जैसवाल महासचिवमा नेत्र पाण्डे, सचिब हेमनाथ पौडेल कोषाध्यक्षमा सालिकराम आचार्य, महिला सदस्य रेवता पौडेल, गङ्गा केसी र सदस्यहरुमा बिष्णु प्रसाद पाण्डे, बासुदेव खनाल, कमला प्रसाद यादब, प्रह्लाद यादव,राजेस गुप्ता, भुपेन्द्र अधिकारी, सिद्ध प्रसाद अधिकारी, कमल अधिकारी, शंकर बिसी, सुक्मादिन मिया, नन्द किसोर चौधरी, बेलाल अहमद, गोबिन्द पौडेल रहेका छन् ।

नवनिर्बाचित कार्यसमिति लाई सङ्गठनका केन्द्रिय अध्यक्ष स्याम पाठकले पद तथा गोपनियताको सपथ गराएका थिए । भने माओबादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाह (बिष्णु) ले बधाइ तथा शुभकामना दिएका थिए । यस्तै नबनिर्बाचित कार्यसमितिको तर्फबाट अध्यक्ष हुमनाथ पौडेलले आगामी कार्यकालकालागि प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यसमितिको पदाबधी बिधानत ३ बर्ष रहने सङ्गठनका बरिस्ठ उपाध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिए ।