प्याब्सन तिलोत्तमाद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२२ आश्विन २०७८, शुक्रबार
517 shares

बुटवल । निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन), प्याब्सन तिलोत्तमा नगरसमितिको बृहत् भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्व बडादशैं, दिपावली तथा नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम प्याब्सन रुपन्देहीको सभाहलमा सम्पन्न भएको छ ।

प्याब्सन तिलोत्तमाका अध्यक्ष के.एन. सागर ज्ञवालीको अध्यक्षतामा प्याब्सन केन्द्रका प्राज्ञिक सल्लाहकार कृष्ण प्रसाद खनालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन तिलोत्तमाका प्रमुख सल्लाहकार डि.वि. थापा, सल्लाहकार एवम् प्याब्सन लुम्बिनी प्रदेशका प्राज्ञिक सल्लाहकार दामोदर भूसाल, प्याब्सन तिलोत्तमाका प्राज्ञिक सल्लाहकार दिपक गौतम लगायत विभिन्न सदस्य विद्यालयका प्राचार्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा विभिन्न चार्डपर्वको शुभकामना संगै संगठनमा आवद्ध विद्यालयहरु सग सम्बन्धित तथ्याङ्क संकलन एवम् आवधिक गर्ने र प्याब्सन तिलोत्तमाको नेतृत्वमा एक शैक्षिक अनुसन्धान केन्द्र स्थापना गरी संगठनमा आवद्ध विद्यालय, शिक्षक शिक्षिका, विद्यार्थी एवम् शैक्षिक क्षेत्रको स्तरोन्नतीका लागी अग्रसर भई अनुसन्धान केन्द्र विकासमा सबै दत्तचित्त भई लाग्ने गरी एक महत्वकांक्षी योजना अगाडी सारेको र छलफल अगाडी सारेको छ ।

प्याब्सन तिलोत्तमाका सचिव किरण गौतमको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रस्तुत दुबै बिषयमा महत्वपूर्ण निर्णय गरी योजनाबद्धरुपमा अन्य शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै अगाडी बढ्ने निर्णय गरेको प्याब्सन तिलोत्तमा सदस्य एवम् सञ्चार संयोजक चन्द्र अधिकारीले जानकारी दिए ।