बुटवल । बुटवलको देविनगरस्थित रगंशालामा सञ्चालन भइरहेको रमाइलो मेलामा आज तृष्णा गुरुङ र एमआरडीको बिशेष कन्सर्ट हुने भएको छ ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना सञ्चालन भइरहेको रमाइलो मेलामा दर्शकको आकर्षण बढदै गएको र दर्शक इच्छा अनुसार कन्सर्ट गर्न पनि गरिएको कार्यक्रम संयोजक टेकबहादुर गुरुङले बताए । उनका अनुसार मेलामा असोज २६ गते दिपक ब्रर्जचार्य र सुशान्त रागा तथा २९ गते परिर्वतन र एसटीमेनको विशेष कन्सर्टसहितको प्रस्तुती रहने छ । कन्सर्टको दिन शुल्क ३०० मात्रै निर्धारण गरिएको र टिकट अग्रिम रुपमा पनि बुकिङ गर्न सकिने कार्यक्रम संयोजक गुरुङले बताए ।
रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पाल्देन घलानले मंगबारसम्म १५ हजार भन्दा धेरै दर्शकले मेलाको अवलोकन गरिसकेको बताए ।महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन गरिने आयोजकको दाबी छ। त्यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू भइरहेका छन्। महोत्सवमा बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपअप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायतका कार्यक्रम समेत भइरहेका छन् ।
यी प्रतियोगितामा विजेता छनोटका लागि एसएमएस वा दर्शकको भोटिङ प्रणाली प्रयोग गरिने छैन। निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने आयोजकले जनाएको छ । आयोजकले महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने घोषणा गरेको छ।
