शान्ति सुरक्षामा राजस्व संकलन सीमा अपराध नियन्त्रणमा सक्रिय बन्दै कपिलबस्तु प्रहरी

मेचीकाली संवाददाता

३ कार्तिक २०७८, बुधबार
707 shares


पार्बती आचार्य
कपिलबस्तु कात्तीक ३
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले शान्ति सुरक्षा अमन चयनमा सक्रियता बढाउँदै गएको छ । प्रहरीको फरक योजना सहितको सक्रियताले जिल्लामा पछिल्लो समयमा अपराधिक घटनाहरु घट्ने क्रम कमी हुँदै आएको छ । प्रहरीले महिनामा गरेका गतिबिधिहरु तथा कार्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दै आएको छ ।
नयाँ आर्थिक बर्ष शुरु भए यता कपिलबस्तु प्रहरीले ठुलो प्रगती हातपार्दै आएको छ । प्रहरीको सक्रियताकै कारण असोज महिनामा ३ करोड १ लाख १ हजार १ सय ५४ रुपैंया राजस्व संकलन गर्न सफल भएको छ । प्रहरीले भदौ महिनामा ८० लाख राजस्व संकलन गरेको थियो ।


अघिल्लो महिनाको तुलनामा असोज महिनामा २ करोड ३४ लाख ३२ हजार २ सय ८३ रुपैंयाले राजस्व संकलनमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै गत आवको भदौमा ६८ लाख ४२ हजार ५ सय ८८ र असोजमा ६६ लाख ६८ हजार ८ सय ७१ रुपैयाँ संकलन भएको थियो ।
प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामै १ सय ७५ जना फरार प्रतिवादीलाई पक्राउ ग¥यो । भदौ महिनामा १ सय २७ जना र असोज महिनामा ४८ जना फरार प्रतिबादी पक्राउ गरेको हो । उनीहरुबाट ७८ वर्ष १० महिना कैद सजाय र करिब साढे १४ लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
आव ०७७÷०७८ को भदौमा शून्य र असोजमा ४० जना फरार प्रतिवादी पक्राउ परेका थिए । उनीहरुबाट १२ वर्ष ८ महिना कैद र १३ लाख ८७ हजार ४ सय ६१ रुपैंया जरिवाना असुलउपर गरिएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।
भदौमा ७१ उजुरी दर्ता भएकोमा ४१ वटा फैसला भएका थिए यसैगरी असोजमा ४४ वटा उजुरी दर्ता भएकोमा २१ वटा उजुरी फछ्र्योट भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।


फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अनुगमनलाई प्राथमिकता दिइएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए । प्रहरी उपरिक्षक कार्कीका अनुसार असोज महिनामा १ हजार १ सय १६ पटकमा २२ हजार ३ सय २० किलो मिटर मोबाईल गस्ती , २ हजार पटकमा ४० हजार किलो मिटर मोटरसाइकल गस्ती , १ हजार २ सय ६० पटकमा ८ हजार ८ सय २० किलो मिटर पैदल गस्ती , एसआरपी गस्ती २७ वटाको २ सय १६ किलोमिटर र एलआरपी गस्ती १ पटकको ६० किलोमिटर गस्ती गरिएको छ ।
यस्तै असोज ५ गते लागु औषध नाईट्राभेट सहित ३ जना , असोज ६ गते ब्राउन सुुगर सहित २ जना ब्यक्तीलाई नियन्तरणमा लिई अनुसन्धान भैरहेको छ । असोज ८ गते १ महिना १४ दिनको शिशु हत्याका प्रतिबादी पक्राउ, असोज १७ गते श्रोत नखुलेको नेपाली रुपैंया सहित एक जना नागरिकलाई पक्राउ गरी अनुसन्धान भैरहेको छ ।
असोज २२ गते लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरि अनुसन्धान भैरहेको छ । ०७७ फागुन २९ गते देखि हराएको बालकलाई ७ महिना पछि फेला पारेर ०७८ असोज २६ गते अभिभावकलाई बुझाईएको छ । असोज महिनामा यी ६ वटा मुख्य उपलब्धि मुलक कार्यहरुमा सफल भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक कार्कीले जानकारी दिए ।
यसबीचमा पोलिस अफ द मन्थ अन्तर्गत ३ जना प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक १÷१ जना र प्रहरी हवल्दार २ जनालाई पुरस्कृत गरिएको छ । यस्तै, २ प्रहरी सहायक निरीक्षक, २ प्रहरी हवल्दार र ५ जना जवानलाई विभागीय सजाय भएको छ भने २३ जनालाई सचेत गराइएको छ ।


६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी उपरिक्षक कार्कीलाई लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाहरु मध्ये सबै भन्दा धेरै फरार प्रतिवादीहरु पक्राउ गरी ‘फैसला कार्यान्वयन’ क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्मानित गरेका थिए । यस्तै ‘पूर्ण शान्ति प्रहरी पुरस्कार २०७८’ बाट प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीलाई संगठनका श्रद्धेय प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीद्वारा प्रहरी दिवसको अवसरमा पुरस्कृत भएका थिए ।
यस अवधिमा नयाँ हिरासत कक्ष र सिनियर प्रहरी अधिकृतको लागि आवास भवन निर्माण, स्तनपान कक्ष र पीडितमैत्री कक्ष स्थापना, कपिलवस्तुको सीमावर्ती भारतको सिद्धार्थनगर जिल्लाका समकक्षीसँग सीमा अपराध, मानव बेचबिखन तथा हतियारको अवैध ओसापसार लगायतका विषमया छलफल गरिएको प्रहरी उपरिक्षक कार्कीले बताए । उनले पुराना फछ्र्योट हुन बाँकी मुद्दा अनुसन्धान तथा कारबाहीको दायरामा ल्याइने, सीमा अपराध नियन्त्रणका लागि भारतीय समकक्षीसँग सहकार्य बढाइने योजना रहेको बताए ।
यस्तै, कपिलवस्तुमा गुड्ने भारतीय नम्बर प्लेटका सवारीसाधनलाई भन्सार गराउन, फरार प्रतिवादीको खोजीलाई निरन्तरता, लामो दूरीको गस्ती, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने र कार्यालयको अभिलेख ब्यबस्थापनलाई जोड दिईने , बिभिन्न समुदायलाई लक्षित गरेर जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।