एमालेको वडा अधिवेशनः कपिलवस्तुका ९२ वडामा सर्वसम्मत नेतृत्व चयन

मेचीकाली संवाददाता

६ कार्तिक २०७८, शनिबार
595 shares

कपिलवस्तु । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।

यसैबिच नेकपा एमाले कपिलवस्तुले जिल्लाका ९६ वटा वडा मध्ये शनिबार ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभाग कपिलबस्तुका अनुसार कपिलवस्तु नगरका २ वटा वडा यशोधरा गाउँपालिकाका १ वटा वडा र बुद्धभूमीको १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसकेको र भोली नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको जानकारी दिए ।
यस्तै बाणगंगा नगरपालिकाका ११ वटै वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १ मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेको छ । वडा नं २ को अध्यक्षमा नहकुल शाही, ३ को अध्यक्षमा खगेन्द्र घिमिरे, ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल, ६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने सर्ब सहमत रुपमा निर्वाचित भएका छन् ।

यसैगरी वडा नं ८ को अध्यक्षमा गिता भुसाल, ९ को अध्यक्षमा विन्द्र वहादुर गुरुङ, १० को अध्यक्षमा शिवचरण चौधरी र वाणगंगा वडा नं ११ को वडा कमिटी अध्यक्षमा चेतनारायण ढकाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएका छन् । बाणगंगामा वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय गठन भएका छन् ।

नगर अबिधेशनकालागि प्रतिनिधी छनौट समेत सर्ब सहमत रुपमा भएको छ । विभिन्न वडाहरुमा भएको अधिबेशनलाई केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, विमला घिमिरे, प्रदेश नेता वलराम अधिकारी जंजिर थारु डम्मर शर्मा, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सचिव वावुराम आचार्य उपसचिव विश्राम प्रसाद थारु लगायतका नेताहरुले उद्घाटन गरेको नगर अध्यक्ष पोखरेलको भनाइछ । उनले नव निर्वाचित नेतृत्वलाई बधाई र खटिने सबैमा आभार प्रकट गरेका छन् ।

यसैगरी कपिलवस्तु नगरपालिकामा भएको वडा अधिबेशनवाट वडा नं १ मा टिकाराम पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसहमत रुपमा गठन भएको छ । त्यस्तै वडा नं २ मा जाफर अलिको अध्यक्षतामा १३ सदस्यीय, वडा नं ४ मा युनुश मुसालमानको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ६ मा यमलाल भुसालको अध्यक्षतामा १९ सदस्यीय एमाले वडा कमिटी सर्बसहमत रुपमा गठन भएका छन् । कपिलवस्तु नगरपालिकाको वडा नं ७ मा बृज विलास सिंहको अध्यक्षतमा २१ सदस्यीय वडा सकृयदल गठन भएको छ । वडा नं ९ मा रिसव पौडेलको अध्यक्षतामा २१ सदस्यीय, वडा नं १० मा कमल हमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएका छन् ।

यस्तै कपिलवस्तु नगरपालिकाकै वडा नं ११ मा अभिरुल्लाह फकिरको अध्यक्षतामा २१ सदस्यीय, वडा नं १२ मा राम बृक्ष कोहारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रदेश नेताहरु शान्तिदेवि चमार, खुम प्रसाद आचार्य, आजाद अहमद दर्जी, शारदा शर्मा, जिल्ला उपाध्यक्ष वावुराम खनाल, जिल्ला सदस्य शरिता आचार्य, हिरालाल पौडेल, भेषराज पाण्डे राम मिलन थारु, किरण देवकोटा, सुन्दर पाण्डे लगायतले वडा अबिधेशनको समुद्घाटन गरेको एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिए ।

यस्तै महराजगंज नगरपालिकाको वडा नं १ को अध्यक्षमा जगदिश तेली, २ को अध्यक्षमा हेमन्त कुमार चौहान, ३ को अध्यक्षमा मोहम्मद अलि फकिर ४ को अध्यक्षमा मकवुल प्रसाद चौधरी, ५ को अध्यक्षमा धर्म किशोर मौर्य, ६ को अध्यक्षमा शिवपुजन यादव ७ को अध्यक्षमा सलिम मुसलमान, ८ को अध्यक्षमा कृष्ण प्रसाद कोहार, ९ को अध्यक्षमा इलियास अहमद १० को अध्यक्षमा फरिद अहमद र ११ को अध्यक्षमा मनिराम गुप्ता निरविरोध निर्वाचित भएका छन् ।

महाराजगंगका वडा अधिबेशनको उद्घाटन एमालेका प्रदेश नेता टेकराज पौडेल, डम्मर शर्मा, जिल्ला नेता मेराज खान लगायतले गरेका थिए । यस्तै शिवराज र कृष्णनगर लगायतका नगरपालिका र विजयनगर, मायादेवि, शुद्धोधन लगायतका सबै गाउँपालिकामा अधिबेशन सम्पन्न भएका छन् ।