दिव्यतारामा ग्राहक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

८ कार्तिक २०७८, सोमबार
436 shares

बुटवल । बुटवल–११ कालिकानगर स्थित दिव्यतारा ईन्टरप्राईजेजमा ग्राहक भेटघाट तथा सम्मान र मेघा डेलिभरी कार्यक्रम सम्पन्न भएको छ । एस्कटर्स इन्डिया लिमिटेडको साबिकको लुम्बिनी, राप्ती अञ्चल र स्याङ्जा जिल्लाका लागि फार्मट्रेक र पावरट्रेक ब्राण्डको सेल्स, सर्भिस र पार्टसको आधिकारीक बिक्रेता दिव्यतारा ईन्टरप्राईजेजले आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा दिव्यतारा ईन्टरप्राईजेजका म्यानेजिङ डाइरेक्टर राम थापाको अध्यक्षता, एस्कटर्स इन्डिया लिमिटेडका सेल्स चिफ अमित शर्माको प्रमुख आतिथ्यता, पाल्पा ट्याक्टर समिति तथा नेपाल ट्याक्टर महासंघका पूर्व अध्यक्ष प्रदिप प्रसाद उदयको विशिष्ट आतिथ्यता, एस्कटर्स इन्डिया लिमिटेडका रिजनल विजनेस म्यानेजर समिर वर्मा र एरिया सर्भिस म्यानेजर लक्ष्मी प्रसाद यादवको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै राम थापाले विगत ७ वर्षदेखि फार्मट्रेक र पावरट्रेक ट्याक्टर तथा पार्टस र सर्भिस सम्बन्धी सम्पुर्ण सेवा उपलब्ध गराउँदै आएको बताए । साथै उनले आगामी दिनमा सेल्स, सर्भिस र पार्टसमा अझ बढी सुबिधा सहित सेवा प्रदान गर्ने प्रतिबद्दता जनाए । कार्यक्रममा प्रमुख अतिथी अमित शर्मा, विशिष्ट अतिथी प्रदिप प्रसाद उदय, समिर वर्मा लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा ओम प्रकाश चौहान, रामजी ज्ञवाली, राजकुमार जोशी, लक्ष्मीनारायण यादव, रामशरण यादव, वलिराम यादव, बसन्त नगरकोटी, घनश्याम पुन, विजय कुमार थापा, अक्ष्यलाल केवट, विक्रम कोहार, विष्णु प्रसाद खरेल, दिप नारायण थारु, सुमित्रा भट्टराई, विष्णु प्रसाद रिजाल, राजकुमार यादव, दिलिप कोहार, गणेश पुन, विनोद कुमार यादव लगायतलाई मायाको चिनो हस्तान्तरण गरिएको दिव्यतारा ईन्टरप्राईजेजका महाप्रबन्धक सुदिप थापाले बताए ।

हिमाल, पहाड, तराई सबै क्षे त्रमा उक्त कम्पनीको ट्याक्टर र राम्रो रहेको र आफुहरु यसबाट सन्तुष्ट रहेको ग्राहकहरुको भनाई रहेको थियो । साथै उक्त कार्यक्रममा १५ थान ट्याक्टर बिक्री गरिएको थियो ।