शुद्धोधनमा तीन महीने कम्प्युटर तालिम सुरु

मेचीकाली संवाददाता

८ कार्तिक २०७८, सोमबार
615 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधनमा तीन महीने कम्प्युटर तालिम सोमबार एक कार्यक्रमका बीच सुरु भएको छ।

शुद्धोधन गाउँपालिका वडा नं ६ स्थित गुरौलिया माविमा सञ्चालन भएको सो तालिमको आदर्श सामुदायीक विकास समिति लुम्बिनी सांस्कृतिक नगरपालिका खुनगाई को आयोजना तथा शुद्धोधन गाउँपालिका वडा नं ६ को आर्थिक सहयोगमा ३ महीने कम्प्युटर तालिम सञ्चालनमा आएको हो।

‘सीप सिकौ आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो तालिमको शुद्धोधन गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष जयशंकर पाठकले उद्घाटन गर्दै उहाँले आजको युगमा प्राविधिक ज्ञान हुनु जरुरी रहेको बताउँदै तालिममा सिकेको सीपलाई सदुपोग गरी भोलिका दिनमा व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी महिला हरुलाई घरकै चुलोमा मात्र बस्नुपर्ने बाध्यता रहँदै आएको समाजमा यस्ता प्राविधिक मुलक तालिमले महिलाको आत्मनिर्भर उच्च हुने भन्दै यस्ता सिपमुलक तालिममा महिला दिदीबहिनीहरु पनि सहभागी हुनुपर्नेमा जोड दिनुभयो।

गुरौलीया माविका प्रध्यानाध्यापक कैलाश यादवले अहिलेको समयमा प्राविधिक सिकाआई नै मुख्य रूपमा लिनुपर्ने बताउँदै अबका दिनमा कम्प्युटर बिना कुनैपनि काम गर्न नपाइने भएका कारण यस्ता सिपमुलक तालिम सबैले लिनुपर्ने बताउनुभयो। तालिममा २० जनाको सहभागी रहेको छ भने, तालिमको प्रशिक्षक सन्दिप चौधरीले गर्नुभएको छ।

शुद्धोधन ६ का अध्यक्ष जयशंकर पाठकको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता गुलौरीया मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोलेसर लोध तथा अतिथि गुलौरीया माविका प्रध्यानाध्यापक कैलाश यादव लगायत विभिन्न सामाजिक व्याक्तित्वहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शुद्धोधन ६ का वडा सचिव हरिहर धोबीले गर्नुभएको थियो।