खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन

मेचीकाली संवाददाता

९ कार्तिक २०७८, मंगलवार
512 shares

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए।

‘नयाँ आवेदन वेवसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ, प्रवक्ता भुसालले भने ‘आवेदकको पालो भने फर्म भरेको चाररपाँच महिनापछि मात्रै आउँछ।’

यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ। विभागले अहिले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।

स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।