मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

मेचीकाली संवाददाता

१० कार्तिक २०७८, बुधबार
681 shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् ।

उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुधबार राजीनामा पेश गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा बुधबार नै राजीनामा दिने घोषणा गरेकी थिइन् । गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।

शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताइन् ।