सेमलारमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने

मेचीकाली संवाददाता

१० कार्तिक २०७८, बुधबार
519 shares

नगेन्द्र केसी
भुजौली । बुटवल सेमलारमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगर वार्ड नं.१५ सेमलारस्थित नव पञ्चरत्न युवा क्लबको आयोजनामा स्वः दिलिप पुन, स्वः कृष्ण पौडेल र स्वः लक्ष्मण तिवारी स्मृती बी लेभल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०७८ हुन लागेको हो । क्लवले बुधबार सेमलार कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ ।

कार्तिक १२ र १३ गते बुटवल–१५ सेमलार स्थित कभर्ड हलमा प्रतियोगिता हुने क्लबका अध्यक्ष जयमंगल भुसालले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय स्तरका १५ जिल्ला बाट खुल्ला पुरुषतर्फ ६४ र भेट्रान्सतर्फ ३२ टिमका १६० जति खेलाडीहरू को सहभागिता रहने र प्रतियोगिताको एकल पुरुषतर्फको प्रथम पुरस्कार उपाधिसहित ३५ हजार,नगद र शिल मेडल द्वितिय पुरस्कार २० हजार, तृतिय पुरस्कार १० हजार, साथे उत्कृष्ट खेलाडीलाई ३ हजार र उदयमान खेलाडीलाई २५ सय नगद, साथै भेट्रान्सतर्फ प्रथम पुरस्कार उपाधिसहित नगद २० हजार, द्वितिय पुरस्कार १२ हजार र तृतीय पुरस्कार ६ हजार सहित सम्मान गरिने प्रतियोगिताका संयोजक शिव रानालेले कार्यक्रम माथि प्रकाश पार्दै बताए ।

उक्त पत्रकार सम्मेलनमा बुटवल–१५ का अध्यक्ष डम्बर बहादुर भण्डारीले खेलकूद लाई प्रोत्साहन गर्ने र सहयोग गर्न बुटवल उपमहानगर र वडा सधैँ तयार रहेको र उनले चुनावमा गरेको प्रतिबद्धतामा कभर्ड हल निर्माण गरी पूरा गरेको समेत भने । क्लबले केहि समय अगाडि सि लेभल व्याडमिण्टन प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।

प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष केशव राज आचार्य, रुपन्देही उद्योग संघका उपाध्यक्ष जिवकान्त काफ्ले, लगायत अन्य पदाधिकारीहरु को सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका संस्थापक सदस्य गंगा नेपालले गरेका थिए ।