सिंहदरबारभित्र गोली चल्यो !

मेचीकाली संवाददाता

१० कार्तिक २०७८, बुधबार
452 shares

काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बुधवार गोली चलेको छ । प्रहरी प्रधान कार्यालयले ‘मिस ह्यान्डलिङ’का कारण गोली चलेको जनाएको छ ।

बुधवार दिउँसो राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

गोली चल्दा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । भारतीसँग सोधपुछ भइरहेको र झुक्किएर गोली चलेको हुनसक्ने प्रहरीले जनाएको छ।