अपहरणमा परेका बालकको नेपाल–भारत सीमाबाट उद्धार

मेचीकाली संवाददाता

१० कार्तिक २०७८, बुधबार
795 shares

पार्बती आचार्य
कपिलवस्तु । शुद्धोधन गाउँपालिका ३ गुलरीका अब्दुल कलाम डफालीको छोरा ६ वर्षीय बालक सलमान खान डफालीलाई अपहरण भएको १४ घण्टा पछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका सलमान खान डफाली कात्तीक ९ गते दिउँसो १ः२० बजे अपहरणमा परेका थिए ।

भारत उत्तर प्रदेश, सिद्धार्थनगर बस्ने महफुज आलमले बालकको बुवा अब्दुल कलाम डफालीसंग रहेको आर्थिक लेनदेनको बिषयलाई लिएर बालकलाई अपहरण गरेका थिए ।

भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सहीतको टोलीले कात्तीक १० गते बिहान २ः४५ बजे मायाँदेबी गाउँपालिका वडा नं. ४ चाकडचौडा स्थित नेपाल भारत सिमावर्ती ईलाका दशगजाबाट सकुशल उद्धगार गरी परिवारको जिम्मा लगाईएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले फकाएर बालकलाई पैसा दिएर पसलबाट पान लिएर आउ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर बालकलाई अपहरण गरेका थिए ।